शनिबार, भदौ २७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

भारतमा लकडाउनको समय दुई हप्ता थपियाे


  • माउन्टेन खबर
  • शुक्रबार, बैशाख १९, २०७७
  • 558
    SHARES

काठमाडाैंः कोरोनाभाइरस महामारी अझै नियन्त्रणमा नआएको निष्कर्षसहित भारतले देशभर लगाएको लकडाउनलाई आगामी मे १७ सम्म थप गर्ने निर्णय गरेको छ । भारतीय गृह मन्त्रालयले एक सूचना प्रकाशन गरी लकडाउन थप गरिएको जनाएको छ ।

भारतीय समाचार संस्था एएनआईका अनुसार लकडाउनको अवधिमा सर्वाधिक प्रभाव परेका १३० जिल्लामा अझ कडाई गरिने छ । तर तुलनात्मक रुपमा कम संक्रमण देखिएका जिल्लाहरुलाई वर्गीकरणका आधारमा छुट दिइने गृहको भनाई छ । कोरोनाको उच्च जोखिम रहेका दिल्ली, मुम्बई, पुने, अहमदावाद, हैदरावाद, लखनऊ, इन्दोर र जयपुरजस्ता ठाउँलाई अति जोखिम क्षेत्रमा राखिएको छ । नेपालसँग सीमा जोडिएको उत्तर प्रदेश राज्यका १९ जिल्लालाई पनि अति जोखिममा राखिएको छ ।

वल्र्डवोमिटरका अनुसार भारतमा ३५ हजार भन्दा बढीमा कोरोनाभाइरस संक्रमण देखिएको छ भने तीमध्ये १ हजार १५४ जनाको मृत्यु भएको छ । भारतमा ९ हजार ६८ जना निको भएर घर फर्किसकेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)