शुक्रबार, साउन १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

संसद बैठक संचालनको तयारी


  • माउन्टेन खबर
  • आइतवार, बैशाख २१, २०७७
  • 502
    SHARES

बजेट अधिवेशन आह्वान भईसकेको अबस्थामा संसद बैठक संचालनको तयारी बारे  सभामुख अग्नि प्रसाद सापकोटाले संघीय संसदको बैठकमा कोभिड १९ रोगको संक्रमणको सम्भावित जोखिम न्यूनिकरण गर्ने गरी संघीय संसदका बैठकहरु संचालन गर्ने विषयमा आज छलफल गर्नुभएको छ । सिंहदरबार स्थित कार्यकक्षमा उहाँले स्वास्थ्य टोली, संसद सचिवालयका कार्यवाहक महासचिव गोपालनाथ योगी, सचिवहरुसंग संसद बैठक व्यबस्थापनलाई सुरक्षित बनाउने विषयमा छलफल गर्नुभएको हो ।

छलफलका क्रममा सभामुख सापकोटाले संघीय संसदका तर्फबाट सकिने जति सबै पुर्व तयारी गर्न निर्देशन दिनुभयो । संघीय संसद सचिवालयले विश्व स्वास्थ्य संगठनको मापदण्ड र स्वास्थ्य सेवा विभाग, टेकुका चिकित्सक टोलीले संघीय संसद भवनमा यहि बैशाख १८ गते गरेको स्थलगत अनुगमका क्रममा दिएको सुझावलाई आधार बनाएर माननीयहरुको बसाई व्यबस्थापन गरिरहेको छ ।

यहि बैशाख १८ गते स्वास्थ्य सेवा विभाग, टेकुका बरिष्ठ मेडिकल सुपरिटेन्डेन्ट डा अमृत पोख्रेल सहितको तीन सदस्यीय टोलीले संघीय संसद भवनको स्थलगत अनुगमन गरेको थियो । अनुगमन पछि स्वास्थ्य टोलीले सबै माननीय सदस्यहरुको स्वास्थ्य परिक्षण गरेर मात्रै सभाहलमा प्रवेश गराउन, सभाहलमा प्रवेश गर्नु अघि सावुन पानीले हात धुने व्यबस्था मिलाउन सुझाव दिएको थियो ।

साथै माननीयका लागि सर्जिकल माक्सको प्रयोग अनिवार्य गर्न, सभाहलमा प्रयोग हुने माईक एकजना माननीयले बोल्नुभएपछि स्यानिटाईज गरेर मात्रै अर्को माननीयले बोल्ने व्यबस्था मिलाउन, हरेक टेबलमा स्यानिटाइजर राख्न, बैठक कक्षको सेन्ट्रल ए सि नचलाउने लर्गातका सुझाव दिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)