शुक्रबार, साउन १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

प्रधानमन्त्री ओली र प्रचण्डबीच बालुवाटारमा छलफल


  • माउन्टेन खबर
  • मङ्लबार, बैशाख २३, २०७७
  • 1.1K
    SHARES

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपि शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दहालबीच भेटवार्ता भएको छ। मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा समसामयिक विषयमा कुराकानी भएको बताइएको छ।

बैशाख २५ गते बोलाईएको स्थायी समितिको बैठकमा पेश गर्ने एजेण्डा बारे दुई अध्यक्षबीच सोमबार पनि छलफल भएको थियो। छलफलमा पछिल्लो समयमा पार्टी भित्र उत्पन्न समस्या, पटक पटक बसेको सचिवालयको बैठक बाट भएको समाधान र स्थायी समितिका सदस्यहरुको असन्तुष्टिका बारेमा दुई अध्यक्ष बीच छलफल भएको जनाइएको छ ।

सम्पूर्ण नेता तथा कार्यकर्तालाई एकताको सन्देश दिन पनि स्थायी समितिको बैठकमा शिर्षनेताहरु प्रस्तुत हुनु पर्ने भन्दै स्थायी समितिको तयारीका लागि नेकपाले वैशाख २४ गते सचिवालय बैठक बोलाइएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)