शनिबार, भदौ २७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

भारतमा कोरोना संक्रमितकाे संख्या बढ्याे, एकै दिन १९५ जनाकाे मृत्यु


  • माउन्टेन खबर
  • मङ्लबार, बैशाख २३, २०७७
  • 573
    SHARES

नयाँदिल्ली।

कोरोनाभाइरसको संक्रमणबाट भारतमा पहिलोपटक एकै दिन सबैभन्दा बढी संक्रमित व्यक्ति भेटिएका छन् । भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार विगत २४ घण्टाको अवधिमा ३ हजार ९०० जना नयाँ संक्रमित फेला परेका छन् भने १९५ जनाको मृत्यु भएको छ ।

भारतमा यो सहित मृत्यु हुनेको संख्या एक हजार ५६८ पुगेको छ भने संक्रमितको संख्या ४६ हजार ४३३ पुगेको छ ।

मन्त्रालयका अनुसार १२ हजार ७२७ जना निको भएर घर फर्किएका छन् । अहिले पनि ३२ हजार १३८ जना उपचारका क्रममा रहेका छन् ।

भारतीय राज्य महाराष्ट्रमा १४ हजार ५४१ जना तथा गुजरातमा ५ हजार ८०४ जना संक्रमित भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

(एजेन्सी)

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)