मङ्लबार, बैशाख ११, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

लकडाउनले सिर्जना गरेको आर्थिक असरलाई कम गराउन बजेटले सम्बोधन गर्नु पर्ने विषयमा कांग्रेसले लभिङ गर्ने


  • माउन्टेन खबर
  • बुधबार, बैशाख २४, २०७७
  • 642
    SHARES

 

नेपाली कांग्रेसले आर्थिक वर्ष २०७७÷०७८ को नीति, कार्यक्रम र बजेट सम्बन्धमा निजी क्षेत्रसँग छलफल गरेको छ ।

कांग्रेसले बुधबार पार्टी कार्याल सानेपामा निजी क्षेत्रका विभिन्न छाता संगठनहरुको नेतृत्वसँग छलफल गरेको हो । छलफलमा कांग्रेस सभापति शेरबहादुर देउवाले उद्योगी व्यवसायीले दिएका सुझावहरुलाई संसद र सरकारसम्म लैजाने बताउनुभयो । उहाँले कोरोना भाइरस (कोभिड–१९) रोकथामका लागि लागू गरिएको लकडाउनपछि सिर्जना भएका व्यवसायीका समस्या र सुझावहरुलाई प्रधानमन्त्री र अर्थमन्त्रीलाई नै भेटेर कार्यान्वयनका लागि दबाब दिने बताउनुभयो ।

कार्यक्रममा सहभागि निजी क्षेत्रका प्रतिनिधिहरुले कोरोना भाइरसको संक्रमण रोकथामका लागि गरिएको लकडाउनको कारण उद्योग व्यवसायहरु बन्द भएको र यसले आर्थिक संकट निम्त्याएको बताएका छन् । उनिहरुले लकडाउनको विकल्प खोजिनुपर्ने, उद्योग कलकारखाना सञ्चालन गर्न दिनुपर्ने, बैंक ब्याजदर घटाउनुपर्ने, कर्जाको पुर्नतालिकिकरण गर्नुपर्ने र पर्यटन क्षेत्रलाई विशेष सुविधा दिनुपर्ने विषयमा दबाब दिन कांग्रेसलाई सुझाव दिएका छन् ।

उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले नेपालको निजी क्षेत्रमा पहिला पनि चुनौतिहरु भएको र अहिलेको लकडाउनले अर्थतन्त्रलाई अझ बढी पछाडी धकेलेको बताउनुभयो । अहिले कोभिड १९ को समस्याले पर्यटन क्षेत्र त्यसमा पनि होटल र उड्डयान सबैभन्दा धेरै प्रभवित भएको र कम्तिमा २ वर्षसम्म असर रहने उहाँले बताउनुभयो । रेमिट्यानसमा आउने कमिले शोधानान्तर घाटा बढ्ने र उपभोग घटने हुँदा थप समस्या निम्तने उहाँले बताउनुभयो । अर्थतन्त्रलाई सुधार गर्न र लगानीको वातावरण बनाउन फेरी एकपटक सम्पत्ति अभिलेखिकरणको सुविधा दिनुपर्ने गोल्छाले बताउनुभयो । अर्थतन्त्रलाई सुधार गर्न निजी क्षेत्रको सुधार हुनुपर्ने र त्यसका लागि सरकारले विद्युतमा छुट दिनुपर्ने, पेट्रोलियम पदार्थमा भ्याट क्रेडिट हुनुपर्ने, बैंक कर्जा ५ प्रतिशतमा झार्नुपर्ने, भ्याटको दर १० प्रतिशतमा झार्नुपर्ने, आयकर र कर्पोरेट ट्याकसमा पनि २० प्रतिशत छुट हुनुपर्ने लगायतका सुविधा सकरारले दिनुपर्ने गोल्छाले बताउनुभयो ।

होटल संघ नेपालकी अध्यक्ष सिर्जना राणाले पर्यटन क्षेत्रमा सर्भाइभ र रिभाइभको कुराका लागि सरकारले सहयोग गर्नुपर्ने बताउनुभयो । देशभित्र करिब २४ प्रतिशत विदेशी मुद्रा भित्र्याउने पर्यटन क्षेत्र भएको र अहिले कोरोना भाइरसको कारण समस्या हुँदा सरकारले विशेष सहयोग गर्नुपर्ने राणाले बताउनुभयो । उहाँले पर्यटन क्षेत्रमा गएको कर्जा तिर्ने समय थप गर्नुपर्ने, ब्याजलाई पूँजीकरण गर्नुपर्ने, कर्जाको पुर्नतालिकीकरण गर्ने व्यवस्था गरे मात्र पर्यटन क्षेत्रको रोजगारीलाई जोगाउन सकिने बताउनुभयो

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस (नाटा)का अध्यक्ष अच्युत गुरागाईंले विश्वमै पर्यटन क्षेत्रमा असर परेको र नेपालमा पनि लामो समय असर रहने बतानुभयो । उहाँले पर्यटन क्षेत्रको समस्या सरकारसम्म लैजाँदा सरकारले नसुन्ने गरेको आरोप समेत लगाउनुभयो । पर्यटन मन्त्रालय मार्फत अर्थमन्त्रीसम्म कुरा पु¥याउँदा समस्या नसुनेको गुनासो अध्यक्ष गुरागाईंले गर्नुभयो । उहाँले पर्यटन क्षेत्रमा कर्मचारीलाई तलब खुवाउन २ प्रतिशतमा कर्जा दिने व्यवस्था सरकारले गर्नुपर्ने बताउनुभयो । लकडाउनपछि व्यवसाय सुरु गर्न पनि पूँजी आवस्यक पर्ने र त्यसमा सरकारको सहयोग आवस्यक रहेको गुरागाईंले बताउनुभयो । बैंकको किस्ता र ब्याज भुक्तानी गर्न र घरभाडा तिर्न नसक्ने अवस्था आइसकेकाले व्यवसायीहरु सुसाइड गर्ने अवस्थामा आइसकेको अध्यक्ष गुरागाईंले बताउनुभयो ।

निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले लकडाउनका कारण निर्माण कार्य ठप्प हुँदा २० लाखको रोजगारी गुम्ने खतरा बढेको र १७ हजार निर्माण व्यवसायी समस्यामा परेको बताउनुभयो । अहिले देशभर करिब ८ खर्ब रुपैयाँ लागतको ५ हजार निर्माण आयोजना सञ्चालनमा रहेको अवस्थामा काम गर्न नपाए करिब ३५ अर्ब रुपैयाँ नोक्सानी हुने बताउनुभयो । उहाँले निर्माण क्षेत्रमा अहिले पनि ३ खर्ब भन्दा बढी कर्जा परिचालन भएको अवस्थामा निर्माण कार्य ठप्प हुँदा ब्याज समेत भुक्तानी गर्न नसकिने अवस्थामा पुगेको बताउनुभयो । निर्माण क्षेत्रको सुधारका लागि सरकारले नेपाली ठेकेदारहरुको क्षमतालाई हेरेर आयोजनाहरु निर्माण गर्नुपर्ने बताउनुभयो ।

नेपाल बैंकर्स संघका पूर्व अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले जनताको निक्षेप लिएर कर्जा दिने बैंकिङ क्षेत्रसँग राहतको माग गर्नु उचित नहुने बताउनुभयो । उहाँले लकडाउनबाट बैंकिङ क्षेत्र पनि प्रभावित भएको, ब्याज आम्दानी घटेको, कमिशन र एलसी लगायतबाट हुने आम्दानी कम्तिमा ६ महिना नहुने भएकाले समस्या बढेको बताउनुभयो । बैंक पनि व्यवसायी नै भएकोले अर्को व्यवसायीलाई बढी समस्या पर्दा सक्दो सहयोग गर्ने विषयमा सबै बैंकले काम गरिरहेको ढुंगानाले बताउनभयो । उहाँले सरकारले पुर्नकर्जाको सुविधाबाट २ प्रतिशत ब्याजदरमा ऋण दिन सक्ने तर बैंक आफैले मात्र दिन नसक्ने बताउनुभयो । उहाँले बैंकले ब्याज पूँजीकरण र कर्जा पुर्नतालिकिकरणमा सहयोग गर्न सक्ने बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }