आइतवार, जेष्ठ ६, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

नेकपा सचिवालय बैठकमा चर्काचर्की, अध्यक्ष ओली बैठक छाडेर बाहिरिए


  • माउन्टेन खबर
  • बुधबार, बैशाख २४, २०७७
  • 681
    SHARES

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक तनाबका बिच सकिएको छ ।

प्रधानमन्त्री तथा अध्यक्ष ओली र अन्य केही नेता बीच चर्काचर्की भएपछि अध्यक्ष ओली बैठक कक्षबाट  बाहिरिनु भएको थियो । यस अघि  बसेको बैठकमा नेताहरु बीच अमुर्त सहमति पछि नेताहरुले पार्टी भित्रको बिवाद सकिएको जनाएका थिए । अमुर्त सहमतिलाई मुर्तरुप दिदै भोली बस्ने स्थायी समितिको बैठकको एजेण्डा तयार पार्ने क्रममा नेताहरु बीच चर्काचर्की भएको श्रोतले जनाएको छ ।

एक ब्यक्ति एक पद , उपाध्यक्ष बामदेब गौतमको ब्यबस्थापन  र सरकार पार्टी बिच उत्पन्न असहज अबस्था , सरकार संञ्चालानमा भएका कमजोरी र समिक्षा का बिषयमा  सचिवालयका सदस्यहरु बीच तिब्र अहसमति रहदै आएको छ । आजै दिउसो अध्यक्ष केपि ओली र अर्का अध्यक्ष पुष्पकमल दहाल बीच छलफल पछि भोली ११ बजे पार्टी मुख्यालय धुम्बाराहीमा स्थायी समितिको बैठक बोलाईएको छ ।

बुधबार बसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक विना निष्कर्ष टुंगिएको छ ।

बिहीबार बस्ने भनिएको स्थायी कमिटि बैठकका एजेण्डा तयार पार्न बसेको सचिवालय बैठक विना निष्कर्ष टुंगिएको हो । सचिवालय बैठकले कुनै निर्णय गर्न नसक्दा बिहीबार बस्ने भनिएको स्थायी कमिटि बैठक समेत अनिश्चित बनेको छ । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बुधबारको सचिवालय बैठकले कुनै निर्णय नगरेको बताउनुभयो । स्थायी कमिटी बैठकका विषयमा भने दुई अध्यक्ष बसेर कार्यसूची तयार गर्ने वा बैठक नै के गर्ने भन्ने विषयमा निर्णय गर्ने उहाँले बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }