कोरोना भाइरसको विषयमा अनुसन्धान गरिरहेका एक जना अध्ययनकर्ताकोअमेरिकामा गोली हानी हत्या गरिएको छ । ३७ वर्षका बिङ्ग ली नामक चीनियाँ नागरिकको अमेरिकामै गोली हानी हत्या गरिएको हो ।
ली अमेरिकाको यूनिभर्सिटी अफ पीट्सबर्गको स्कूल अफ मेडिसीन विभागमा प्राध्यापक थिए । उनीसँगै काम गर्ने अध्ययनकर्ताहरुका अनुसार ली कोविड–१९ को विषयमा निकै महत्वपूर्ण अध्ययन गरिरहेको र नतिजाको नजिक पुगेको बताईएको छ।
स्थानीय प्रहरीका अनुसार पिट्सबर्गमा लीको टाउको, घाँटी, पेट, हात र खुटामा गोली प्रहार गरिएको छ । लीको हत्या किन गरियो भन्ने विषयमा अनुसन्धान सुरु भएको बीबीसीले जनाएको छ ।
