काठमाडौं।
संयुक्त राष्ट्रसंघले कोभिड-१९ ले निम्त्याएको संकटको सामना गर्न गरीव मुलुकहरुलाई थप आर्थिक सहायताको प्रस्ताव गरेको छ ।
स्वास्थ्य महामारीले निम्त्याएको गम्भिर मानवीय संकटसंग कतिपय गरीव मुलुकहरुले आफैं लड्न नसकने भन्दै राष्ट्र संघका महासचिव एन्टेनियो गुट्टेर्रेसले यस अघि दिने भनेको सहायता बढाउन अपिल गर्नुभएको हो ।
यसअघि २ अर्व अमेरिकी डलर सहायताको घोषणा गरिएकोमा त्यस्तो सहायता रकम बढाएर ६ दशमलव ७ अर्व डलर पुर्याउने प्रस्ताव गरिएको छ । गरिब देशहरुलाई आर्थिक सङ्कट परेकाले तत्काल सहयोग गर्न पनि राष्ट्रसंघले सहयोगी देशहरुलाई आग्रह गरेको छ ।
आम्दानीका श्रोतहरु घटेको, रोजगारी गुमेको, खाद्यान्नको अभाव भएको, बालबालिकाहरुले खोप र खाना लिन नपाएकोलगायतका कारणले सङ्कटको सङ्केत स्पष्टसँग देखिएको राष्ट्रसंघले बताएको छ ।
