शुक्रबार, चैत्र १६, २०८०
Mountain Khabar

Advertisment

SKIP THIS

सरकारले शासन गर्ने नैतिक र राजनैतिक आधार गुमायोः कांग्रेस


  • माउन्टेन खबर
  • शुक्रबार, बैशाख २६, २०७७
  • 582
    SHARES

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले शासन गर्ने नैतिक र राजनैतिक आधार गुमाईसकेको बताएको छ । कोरोना संक्रमणको विषम परिस्थितिमा पनि भ्रष्टाचारका विषय सार्वजनिक हुनु, सरकार लोकतान्त्रिक मुल्य मान्यता र संविधानको भावना विपरित क्रियाकलापमा संलग्न हुनु तथा सांसद जस्तो आवाञ्छित र अपराधिक गतिविधिमा संलग्न हुनुले सरकारको नैतिक र राजनैतिक आधार गुमेको निष्कर्ष कांग्रेसको छ ।

त्यसैगरी कांग्रेसले सकरारको अधिनायकवादी नियत विरुद्ध निरन्त लड्ने चेतावनी पनि दिएको छ । संघीय संसदको छटौ अधिवेशन अर्थात बजेट अधिवेशनको पहिलो दिन शुक्रबारको प्रतिनिधिसभा बैठकमा शुभकामना मन्तव्य दिदै प्रमुख विपक्षी दल नेपाली कांग्रेसका नेता शेरबहादुर देउवाले सरकारले शासन गर्ने नैतिक र राजनैतिक आधार गुमाईसकेको बताउनुभएको हो ।

उहाँले भन्नुभयो “विषम परिस्थितिमा भ्रष्टाचारका विषय सार्वजनिक हुनु, सरकार लोकतान्त्रिक मुल्य मान्यता र संविधानको भावना विपरित क्रियाकलापमा व्यस्त हुनु , सांसद को अपहरण हुनु, आवाञ्छित र अपराधिक गतिविधि कुनैपनि रुपले स्वीकार्य हुन सक्त्तैनन् । यी विषयमा नेपाली कांग्रेसले गम्भीरता पुर्वक लिनुको साथै अत्यन्त शुक्ष्म ढंगले विशेष गरी यो सरकारले शासन गर्ने राजनैतिक र नैतिक आधार गुमाईसकेको ठहर गरेको छ । ”

लकडाउको समयमा श्रमिक, बेरोजगार, विद्यार्थी तथा सुकुम्बासीलाई आवश्यक राहतको व्यवस्था गर्न नसकेको बताउनुभयो । उहाँले भन्नुभयो “सुकुम्बासीलाई जाउलो पुर्याउने तत्कालिन दायित्व विर्सेर सरकारले यो बेला सुकुम्बासी आयोग गठन गर्नुको कुनै तर्क नै थिएन । लकडाउनले श्रमिक बेरोजगार र विद्यार्थीहरुलाई सबै भन्दा संकटमा पार्यो । सरकारले प्रयाप्त राहत नदिंदा हजारौ श्रमिक पैदल हिडेर गाउँ फर्किए । न खान दिने न गाउँ जान दिने सरकारको यस्तो व्यवहारले जनतालाई आहत पुर्यायो । ”

सरकारले लोकतान्त्रिक मुल्य र मान्यता र संविधानको भावना विपरित दुईवटा विवादास्पद अध्यादेश जारी गरेर अलोकतान्त्रिक र गैह्जिम्मेवारी प्रर्दशित गरेको दाबी उहाँले गर्नुभयो । कोरोना संक्रमण नियन्त्रण तथा रोकथामका लागि सबै मिलेर साथ दिएका बेला दल विभाजन र संबैधानिक परिषद्को गरिमा समाप्त पार्ने षडयन्त्रपुर्वक अध्यादेश ल्याउनुबाट प्रधानमन्त्रीको नियोजित नियति प्रष्ट भएको टिप्पणी गर्नुभयो ।

उहाँले सांसद अपहरणमा सरकार संलग्न देखिनु दुर्रभाग्यपुर्ण कार्य रहेको भन्दै संलग्नलाई कारवाही गर्न माग गर्नुभयो । उहाँले भन्नुभयो “एक सांसदको अपहरण हुनु र त्यसमा सरकारको संलग्नता देखिनु अर्को दुर्रभाग्यपुर्ण कार्य हो । म यस घटनाको निन्दा गर्दे अपराधमा संलग्न सबैलाई कडा कारवाही गर्न माग गर्दछु । एकतर्फ कोरोना संग लड्ने हाम्रो साझा दायित्व छ भने अर्कातर्फ वर्तमान सरकारले नियोजित नियतबाट लोकतन्त्र र संविधानका विरुद्ध गरेको घातबाट वर्तमान संविधान र लोकतान्त्रिक संविधानको रक्षा गर्नुपर्ने परिस्थिति पनि छ । म सरकार बाहिर रहेका राजनीतिक दल, संञ्चारमाध्यम, बुद्धिजिवी र समस्त नेपालीहरुलाई यसबारे सजग र एकतावद्ध गर्न आग्रह गर्दछु ।

उहाँले कोरोना विररुद्धको लडाईमा साथ दिए पनि सरकारको अधिनायवादी नियत विरुद्ध निरन्त लड्ने बताउनुभयो ।

उहाँले भन्नुभयो “कोरोनाबाट नेपाल र नेपालीको रक्षा गर्ने विषयमा सरकारलाई हरसंभव सघाउने तर वेथिति भ्रष्टाचार र अधिनायवादी नियतका विरुद्ध निरन्त लड्ने यी दुई नितीलाई हामी निरन्तरता दिने छौ । ”

उहाँले कोराना संक्रमण रोकथाम, नियन्त्रण तथा पुर्व तयारीमा सरकार पुर्ण रुपमा असफल भएको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो “नेपाल पनि यस महामारीको अत्यन्तै जोखिममा रहेको छ । सर्वत्र त्रासको अवस्था विद्यमान छ । यस्तो विषम परिस्थितमा सरकारले कोभिड १९ नियन्त्रण र निर्मुल गर्न सरकार जिम्मेवार भई कार्य गर्नमा सरकार पुर्ण रुपमा असफल भएको छ । सरकारले नागरिकलाई आफु भएको अनुभूति गराउन सकेको छैन । महामारी विरुद्ध लडड्न पुर्व तयारी, लकडाउनका बेलामा राहत, क्वारेन्टाईन, अस्पताल आदीको उचित व्यवस्थापन, स्वास्थ्यकर्मीका लागि व्यक्तिगत सुरक्षा सामाग्री, परीक्षणका सामाग्रीको आपुर्तिका काम उचित ढंगले हुन सकेका छैनन । ”

संक्रमण देखिएको लामो समय भईसक्दा पनि न्यून परीक्षण भएको, परीक्षण सामग्रीको विश्वसनियतामा प्रश्न उठेको तथा मुलुक बाहिर विचल्ली परेका नागरिको उद्धारका लागि सरकारसंग कुनै योजना नभएको भन्दै उहाँले विदेशमा रहेका नेपालीलाई उद्धार गर्न आवश्यक व्यवस्थापन गरि त्यसको योजना संसदमा पेश गर्न पनि सरकारको ध्यानाकर्षण गराउनुभयो ।

उहाँले भन्नुभयो “स्वास्थ्य सामाग्र लगायतका सामाग्रीको अझै अभाव देखिनु, खरिद प्रक्रियामा पारदर्शीता नहुनु , बजार मुल्यभन्दा बढी रकम राज्य कोषबाट निकासा गराएर भ्रष्टाचार गर्नु अत्यन्तै गम्भीर र अक्षम्य छ । दोषीहरुलाई पदमुक्त गरेर अनुसन्धानलाई सघाउ र कारवाही गर्न म सरकारसंग अनुरोध गर्न चाहन्छु । ”

उहाँले पर्याप्त सामाग्रीको अभावमा पनि उच्च मनोबल सहित अग्रभागमा बसेर काम गर्ने सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, संचारकर्मी एवं सरसफाईको क्षेत्रमा काम गर्नेहरुको प्रशंशा गर्दै श्रद्धा प्रकट गर्नुभयो । उहाँले कोरोना संक्रमणले निम्त्याएको विषय परिस्थितिमा पनि धैर्य गर्दै सरकारसंगै नरहेर पनि संगै लड्न सकिन्छ भन्ने राष्ट्रिय एकताको भावना सहित प्रतिपक्षीले काम गरिरहेको बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }