बिहिबार, चैत्र १५, २०८०
Mountain Khabar

Advertisment

SKIP THIS

सरकार कुनै पनि प्रकारको आपराधिक कार्यको पक्षमा छैन्ः नेम्वाङ


  • माउन्टेन खबर
  • शुक्रबार, बैशाख २६, २०७७
  • 427
    SHARES

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले सरकार कुनै पनि प्रकारको आपराधिक कार्यको पक्षमा नरहेको स्पष्ट पार्नुभएको छ । संघीय संसदको छटौ अधिवेशन अर्थात बजेट अधिवेशनको पहिलो दिन शुक्रबारको प्रतिनिधिसभा बैठकमा शुभकामना मन्तव्य दिदै उपनेता नेम्वाङले सरकार संविधान कार्यान्वयनमा प्रतिवद्ध रहेको र आपराधिक कार्यको पक्षमा नरहेको बताउनुभएको हो ।

प्रमुख प्रतिपक्षी दल नेपाली काग्रेसका नेता शेरबहादुर देउवाले बैठकमा बोल्दै सांसद अपहरण जस्तो अवाञ्छित र आपराधिक गतिविधिमा सरकार संलग्न रहेको आरोप लगाएपछि उपनेता नेम्वाङले सरकारको बचाउ गर्नुभएको हो । उहाँले ‘सांसद अपहरण’को यथार्थ यसै अधिवेशनमा आउने पनि बताउनुभयो ।

उहाँले भन्नुभयो “सांसदको अपरहणको कुरा विवादै छैन । कुनै पनि नाममा यस्ता खालका कामहरु हुनु हुदैन । तर भएको के हो ? यथार्थ के हो ? त्यस सम्बन्धी कुराहरु पनि यही संसद चल्दा चल्दैको अवस्थामा यथार्थ कुरा आउँछ भन्ने मलाई विश्वास छ । हामी कुनै प्रकारका आपराधिक कार्यहरुको पक्षमा छैनौ । ”

उहाँले घुमाउरो शैलीमा सरकार जवाफदेही र पारदर्शी भएको दाबी पनि गर्नुभयो । उहाँले भन्नुभयो “यो अधिवेशनले एउटा राम्रो निष्कर्षमा हामीलाई पुराउन सकोस् । देशलाई जवाफदेहीता र पारदर्शीताको टुंगोमा, निष्कर्षमा पुर्याउन यो अधिवेशनले महत्वपुर्ण भूमिका निर्वाह गर्न सकोस् । यसमा हाम्रो भुमिका रहन्छ । हाम्रो सहयोग रहन्छ । ”

उहाँले मुलुक अत्यन्तै अप्ठ्यारो र चुनौतिपुर्ण अवस्थामा रहेकाले समस्या सम्बोधन गर्ने सन्र्दभमा सबै एकजुट भएर अघि बढ्नुपर्ने आवश्यकता औल्याउनुभयो । उहाँले कारोना संक्रमण रोकथाम र नियन्त्रणका लागि लकडाउन विकल्पहिन बाध्यता र आवश्यकता भएको बताउनुभयो । उहाँले कोरोनाले क्षति पुराएको विविध पक्षको सम्बोधन गर्नका यो अधिवेशनमा आधारहरु तय गर्दै अघि बढ्नुपर्ने आवश्यता रहेकाले त्यस अभियानमा सबैको सहयोग प्राप्त हुने विश्वास आफुले लिएको बताउनुभयो । प्रमुख प्रतिपक्षी लगायत सम्पुर्ण प्रतिपक्षी दललाई कोरोना विरुद्धको लडाईमा एकजुट भएकोमा सरकारको तर्फबाट धन्यवाद दिनुभयो ।

उहाँले यो अधिवेशनले बजेट संगै शान्ति प्रक्रियाका बांकी कामलाई पनि अन्तिम टुंगोमा पुर्याउने विश्वास व्यक्त गर्नुभयो । सत्य निरुपण तथा मेलमिलाप र वेपत्ता आयोग सम्बन्धी कानुन निर्माण अन्तिम चरणमा पुगेको यसै अधिवेशले टुंगो लगाउने विश्वास आफुले लिएको बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }