आइतवार, जेष्ठ ६, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

प्रधानमन्त्री संविधान, लोकतन्त्र र कानुन विरोधी गतिविधिमा संलग्न भएको भन्दै पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई व्दारा प्रधानमन्त्रीको राजिनामा माग


  • माउन्टेन खबर
  • शुक्रबार, बैशाख २६, २०७७
  • 810
    SHARES

 

पुर्व प्रधानमन्त्री बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्नुभएको छ ।

संघीय संसदको छटौ अधिवेशन अर्थात् बजेट अधिवेशनको पहिलो दिन शुक्रबारको प्रतिनिधिसभा बैठकमा शुभकामना मन्तव्य दिदै जनता समाजवादी पार्टीका नेता भट्टराईले प्रधानमन्त्रीले संविधान, लोकतन्त्र र कानुन विरोधी गतिविधिमा संलग्न भएको दाबी गर्दे नैतिकताको आधारमा राजीनामा गर्नुपर्ने तर्क गर्नुभएको हो । उहाँले लोकतन्त्र र कानुन विरोधी क्रियाकलापलाई तार्किक निष्कर्षमा पुर्याउन सत्ताको दुरुपयोग नगरी राजनैतिक नैतिकता देखाउन प्रधामन्त्रीलाई आग्रह गर्नुभयो । लोकतन्त्रको सुनिश्चिता गर्दे मुलुकलाई राजनीतिको सही बाटोमा हिडाउनका लागि प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने तर्क उहाँको थियो । कुर्सीमा बस्दैमा पद ठूलो नभएको भन्दै उहाँले सत्कर्म गरेर इतिहास बनाउन प्रधानमन्त्रीलाई सुझाव दिनुभयो ।

उहाँले भन्नुभयो “तपाई जुन उचाईमा पुग्नुभएको छ । त्यही रहनुहोस् । तपाईले अनावश्यक ढंगले यस्ता प्रकारका गतिविधिमा संलग्न हुदा तपाईले आफै माथि पनि अन्याय भएको छ । तपाई रोगले जिर्ण भएको शरिरलाई तपाईले आराम दिनुपर्छ । र यो लोकतन्त्रलाई बचाएर र आफ्नै छबिलाई पनि बचाएर अगाडि बढाउनका लागि निम्ति तपाईले राजीनामा दिनु नै उपयुक्त हुन्छ । त्यो नै एउटा उचित निकास हुन्छ । ”

कोरोना संक्रमणको जटिल अनि संवेदनशील समयमा मानविय सवालमा केन्द्रीत हुनुपर्नेमा मुलुकमा अत्यन्तै गम्भीर प्रकृतिका घटना भएको भन्दै उहाँले समयमै राजनीतिलाई सही बाटोमा ल्याउनुपर्ने आवश्यता औल्याउनुभयो ।

उहाँले भन्नुभयो “हाम्रो देशको कार्यकारी नेतृत्व रातभर पार्टी फुटाउने षडयन्त्र गरेर बस्छ र संबैधानिक अंगहरु कब्जा गरेर आफ्नो मनोखुसीले समय संबैधानिक अंगमा नियुक्ति गरेर निरंकुशता तर्फ देशलाई लैजान सक्छ भन्ने भाव पैदा हुनु लोकतन्त्रको निम्ति शुभ संकेत होइन । ”

अध्यादेश जारी प्रकरणले ठूलो अनिष्टको संकेत गरेको भन्दै उहाँले फिर्ता भईहाल्यो भनेर छोड्न नहुने बताउनुभयो । प्रधानमन्त्री स्वयम्ले आफ्नो नभई अरुको पार्टी फुटाउनका लागि अध्यादेश ल्याएको भन्नुले प्रधानमन्त्री माथि नैतिकताको प्रश्न उठेको टिप्पणी उहाँले गर्नुभयो । लकडाउनको समयमा काठमाण्डौ देखि तराईका जिल्ला पुगेर रातारात सांसदलाई काठमाण्डौमा ल्याएको घटनाले नै सबै कुरा स्पष्ट गरेको भन्दै उहाँले त्यसलाई कानुनी प्रक्रिया अनुसार समाधान गर्न आग्रह गर्नुभयो ।

पुर्व प्रधानमन्त्री जाहेरी दिन जाँदा प्रहरीले नलिएको प्रसंग उल्लेख गर्दे उहाँले सरकारबाट सुरक्षा निकायहरु प्नि आतंकित बनेको दाबी गर्नुभयो । उहाँले सरकारले सुरक्षा निकाय लगायतका संघसस्थाहरु भत्काएर लोकतन्त्र कमजोर बनाउने काम गरेको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो “जो पीडीत छ तीनै माथि पनि मुद्धा लगाईदिने । अनि प्रत्यक्ष परोक्ष ढंगले पहल गर्ने । अब फच्चे गरौ । तपाईले पनि फिर्ता लिनु म पनि फिर्ता लिन्छु । यही हो लोकतन्त्र ? यही हो हाम्रो समाजवाद ?”

सबै कुराको फैसला राजनीतिले नै गर्ने भएपनि नेतृत्वको पदलोलुपता र स्वार्थ केन्द्रीत कार्यशैलीका कारण जनताको नजरमा सबै राजनीतिज्ञहरुको छबि बिग्रिदै गएको र त्यसको परिणाम खतरनाक हुने चेतावनी दिनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }