बुधबार, साउन १३, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

गत २४ घण्टामा १३ सय बढी कोरोना भाइरसको परीक्षण


  • माउन्टेन खबर
  • आइतवार, बैशाख २८, २०७७
  • 640
    SHARES

गत २४ घण्टामा १३ सय बढी कोरोना भाइरसको परीक्षण भएकोमा नयाँ संक्रमित देखिएका छैनन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार कुनै पनि नयाँ संक्रमित नदेखिएको बताएको छ । गत २४ घण्टामा १ हजार ३ सय १६ जनाको परीक्षण भएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताउनुभयो । अहिलेसम्म नेपालमा संक्रमितको संख्या १ सय १० छ । जसमा ७८ पुरुष र ३२ जना महिला रहेका छन् । प्रदेश नम्बर १ मा ३५, प्रदेश नम्बर २ मा ३१ र बागमती प्रदेशमा ७ जनामा संक्रमण देखिएको छ । यस्तै गण्डकी प्रदेशमा २, प्रदेश ५ मा ३० र सुदूरपश्चिम प्रदेशमा ५ जनामा संक्रमण देखिएको प्रवक्ता देवकोटाले बताउनुभयो । अहिलेसम्म ३१ जना उपचारबाट घर फर्किएका छन् भने, ७९ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

आइतबारसम्म पिसिआर १६ हजार ८ सय ९८ जनाको कोरोना परीक्षण भएको छ । आरडिटी विधिबाट ५६ हजार ५ सय ५० जनाको परीक्षण भएको प्रवक्ता देवकोटाले बताउनुभयो । प्रदेश नम्बर १ मा ७ हजार ५५, प्रदेश नम्बर २ मा ५ हजार ८ सय ९०, बागमती प्रदेशमा ९ हजार १ सय ८१ र गण्डकी प्रदेशमा ६ हजार ३ सय ७७ जनाको आरडिटी परीक्षण भएको छ । यस्तै प्रदेश नम्बर ५ मा ६ हजार ७ सय ७४, कर्णाली प्रदेशमा ६ हजार ३ सय ६३ र सुदूरपश्चिम प्रदेशमा १४ हजार ९ सय १० जनाको आरडिटी परीक्षण भएको प्रवक्ता देवकोटाले बताउनुभयो ।

यसैगरी १३ हजार ६ सय २५ जना क्वारेन्टाइनमा रहेका छन् । प्रदेश नम्बर १ मा १ हजार २ सय ३८, प्रदेश नम्बर २ मा १ हजार ४ सय ४३, बागमती प्रदेशमा १ सय १० र गण्डकी प्रदेशमा २ सय ४२ जना क्वारेन्टाइनमा रहेका छन् । यस्तै प्रदेश नम्बर ५ मा ४ हजार ९ सय ४२, कर्णाली प्रदेशमा २ हजार ३ सय २६ र सुदूरपश्चिम प्रदेशमा ३ हजार ३ सय २४ जना क्वारेन्टाइनमा रहेको प्रवक्ता देवकाटाले बताउनुभयो । यसैगरी काठमाडौंमा ३ र बाहिर १ सय ६१ गरी १ सय ६४ जना आइसोलेसनमा उपचाररत रहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)