नेपाली युवा दिवश पोखरेल अमेरिकाको गायन रियालिटी सो अमेरिकन आइडलको टप ७ मा प्रवेश गरेका छन् । उनले आफ्नै घरमा आज आइतबार साँझ गितार बजाउँदै किस द गर्ल भन्ने गीत सुनाएका दिएका थिए ।
कोरोना भाइरस कोभिड १९ महामारीका कारण आइडलमा उनले घरबाटै प्रस्तुति दिएका थिए। पोखरेलले अमेरिकन आइडलको अडिसन देखि नै निर्णायकहरूको तारिफ पाउँदै आएका छन् । सो क्रम आजसम्म जारी छ । काठमाडौका गायक पोखरेल सन् २०१३ मा अमेरिका गएका हुन् । यसअघि उनले कर्णाली, प्रलय ए, न्यानो घर, मन, समुन्द्र पारि र प्रलय बीजस्ता गीत सार्वजनिक गरिसकेका छन् ।
अर्थर गन’को उपनामबाट परिचित दिवेशले यहाँ सम्म पुर्याउन भोट गरेर सहयोग गर्ने विश्व भरका नेपालीहरू लाई धन्यवाद व्यक्त गरेका छन्। आइतबारको प्रस्तुतीमा उनले डिज्नेको ‘लिटल मर्मेड’ को ‘किस द गर्ल’ गीत गाएका थिए । अमेरिकन आइडलको टप ७ सम्म पुग्ने पोखरेल पहिलो नेपाली हुन् ।
https://youtu.be/rZXEVkJtm1A
