शुक्रबार, बैशाख ७, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

बेलायतले आगामी बुधबारदेखि केही सर्त सहित लकडाउन खुकुलो पार्दै


  • माउन्टेन खबर
  • सोमवार, बैशाख २९, २०७७
  • 619
    SHARES

बेलायतले आगामी बुधबारदेखि केही सर्त सहित लकडाउन खुकुलो पार्ने निर्णय गरेको छ । बेलायती प्रधानमन्त्री बोरिस जोनसनले सर्त सहित लकडाउन खोल्ने निर्णय सार्वजनिक गर्दै घरबाट काम गर्न नमिल्ने अवस्था कर्मचारीहरुलाई सार्वजनिक सवारीको प्रयोग नगरी काममा आउन भनिएको छ ।

सरकारले लागू गरेको पाँच तहको नयाँ कोभिड अलर्ट सिस्टमले कसरी लकडाउन थप खुकुलो बनाउने वा हटाउने भन्ने विषयमा दिशा निर्देश गर्नेछ । आगामी जुन १ देखि प्राथमिक तहको विद्यालय खोल्ने सरकारको तयारी रहेको छ । प्रधानमन्त्री जोनसनले राष्ट्रको नामका सम्बोधन गर्दै आगामी जुनदेखि पसलहरु पनि खुल्ला हुन सक्ने बताउँदै खतरा हेरेर सोको निर्णय गरिने जानकारी दिनुभयो । होटल लगायतका आतिथ्य संस्कारसँग सम्बन्धित व्यवसाय र सार्वजनिक स्थलहरु भने आगामी जुलाई १ देखि संक्रमणको अवस्था हेरेर खुल्ला गर्ने सरकारको तयारी रहेको छ ।

बेलायतमा हालसम्म कोरोना भाइरसको संक्रमणका कारण ३१ हजार ९ सयभन्दा बढीको मृत्यु भइसकेको छ भने संक्रमितको संख्या २ लाख २० हजारभन्दा बढी छ ।  अर्को युरोपेली मुलुक जर्मनीले लकडाउन खुकुलो गरेपछि कोरोना संक्रमितको संख्यामा वृद्धि भएको छ । जर्मनीको सरकारी निकायले सार्वजनिक गरेको आधिकारिक तथ्यांकले नै लकडाउन खुकुलो बनाउने बित्तिकै संक्रमितको संख्यामा वृद्धि भएको देखाएको हो । शनिवार हजारौंको संख्यामा जर्मन नागरिकहरु सडकमा उत्रिएर लकडाउन पूर्ण रुपमा हटाउनु पर्ने माग गरेका छन् । जर्मनीकी चान्सलर एङ्गेला मर्केलले त्यहाँका १६ वटै राज्यसँग परामर्श गरी सकेसम्म लकडाउन खुकुलो बनाउने घोषणा गर्नुभएको छ । जर्मनीमा सबै प्रकारका पसलहरु खुल्ला गर्न अनुमति दिइएको छ । विस्तारै विद्यालयहरु पनि खुल्ला गरिएका छन् । आगामी हप्ताबाट जर्मनीको टप फुटबल लिग बुन्देशलिगा पनि पुनः संचालन गरिने बताइएको छ ।

जर्मनीमा कोरोना संक्रमणका कारण हालसम्म ७ हजार ५ जनाभन्दा बढीको मृत्यु भएको छ भने १ लाख ७१ हजारभन्दा बढी संक्रमित छन् । कोरोना संक्रमणबाट सबैभन्दा प्रभावित मुलुकमा संयुक्त राज्य अमेरिका रहेको छ ।

अमेरिकामा हालसम्म कोरोना संक्रमणका कारण ७९ हजार ५ सयभन्दा बढी मानिसको मृत्यु भइसकेको छ भने संक्रमितको संख्या पनि १३ लाख २८ हजारभन्दा बढी छ । विश्वमा हालसम्म कोरोना संक्रमणका कारण २ लाख ८२ हजार ५ सय जनाको मृत्यु भइसकेको छ भने संक्रमितको संख्या ४० लाख ९७ हजार बढी रहेको छ ।।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }