शनिबार, भदौ २७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

भारतमा कोरोना संक्रमित ७० हजार नाघ्यो


  • माउन्टेन खबर
  • मङ्लबार, बैशाख ३०, २०७७
  • 495
    SHARES

भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या दिन प्रतिदिन बढ्दै गइरहेको छ । दैनिक नयाँ संक्रमित हुनेको संख्या अहिलेसम्मकै उच्च पुगेको छ । मंगलबार बिहानसम्म यो संख्या ७० हजार नाघेको वल्र्डओमिटरले जनाएको छ ।

वल्र्डओमिटरले जनाएअनुसार मंगलबार बिहानसम्म भारतमा संक्रमितको संख्या ७० हजार ७६८ देखिएको छ । यो संख्या अहिलेसम्मकै बढी हो । उक्त तथ्यांकअनुसार गएको २४ घन्टामा त्यहाँ चार हजार भन्दा बढी थपिएका छन् । यो संख्या संक्रमण पाइएदेखिकै उच्च हो । भारतमा अहिलेसम्म दुई हजार तीन २९४ जनाले ज्यान गुमाइसकेका छन् ।

संक्रमितमध्ये २२ हजार जना निको भएर घर फर्किसकेका छन् । भारतमा सबैभन्दा बढी संक्रमित महाराष्ट्रमा रहेका छन् । त्यसपछि गुजरात र राजधानी नयाँदिल्लीमा बढी मानिस संक्रमित भइसकेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)