शनिबार, भदौ २७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

भारतीय प्रधानमन्त्री मोदीले घोषणा गरे २० लाख करोड भारुको राहात प्याकेज


  • माउन्टेन खबर
  • मङ्लबार, बैशाख ३०, २०७७
  • 576
    SHARES

काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले २० लाख करोड भारुको विशेष आर्थिक राहातको प्याकेज घोषणा गरेका छन् ।

उनले मंगलबार साँझ देशबासीका नाममा सम्बोधन गर्दै २० लाख करोड भारतीय रुपैयाँको विशेष प्याकेज ल्याएको जानकारी गराएका हुन । आर्थिक प्याकेजले आत्मनिर्भर भारत अभियानका लागि महत्वपूर्ण भूमिका खेल्‍ने मोदीले बताएका छन् ।

भारतको कुल ग्राहस्र्थ उत्पादन (जीडीपी) को १० प्रतिशत भएकोसमेत उनले जानकारी दिए ।  आत्मनिर्भर भारत अभियानको संकल्प सिद्द गर्नका लागि ल्यान्ड, लेबर लिक्विडीटी र ल मा बल दिइएको छ । यसले कुटिर उद्योग, साना उद्योग र मझौला उद्योगलाई विशेष सहयोग पुग्‍ने छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)