मङ्लबार, साउन १२, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

कतार एयरवेजले १ लाख स्वास्थ्यकर्मीलाई निशुल्क टिकट दिने


  • माउन्टेन खबर
  • बुधबार, बैशाख ३१, २०७७
  • 820
    SHARES

काठमाडौ । कतार एयरवेजले कोभिड–१९ को महामारीमा अग्रपंक्ति खटिने १ लाख स्वास्थ्यकर्मीहरुलाई निशुल्क टिकट दिने भएको छ । कोभिड–१९ महामारीको बिरुद्ध अग्र पंक्तिमा सात दिन २४ घण्टा खटिने स्वास्थ्यकर्मीको साहसिक कार्यको कदर गर्दै निशुल्क टिकट दिने निर्णय गरिएको एयरवेजले जनाएको छ ।

कतार एयरवेजले महामारीको समयमा मानविय संवेदनालाई ख्यालमा राख्दै सात दिन २४ घण्टा खटेर सय भन्दा बढी चार्टर उडान गरेको छ । जसले गर्दा विभिन्न मुलुकबाट १० लाख भन्दा बढी यात्रुहरुले आफ्नो घर फर्कन पाएका छन् । एयरलाइन्सले काममा फसेका व्यक्तिहरुलाई उद्दार गर्न अग्रपक्तिमा काम त गरिरहेको छ नै अब भने कोभिड–१९ बिरुद्धको सबैभन्दा अग्र मोर्चामा खरिने स्वास्थ्यकर्मीहरुको पहिचान गर्ने र पुरस्किृत गर्ने समय आएको कम्पनीले जनाएको छ ।

यो योजना दोहाको समयमा अनुसार १२ मे विहान १२ बजेपछि खुलेर १८ मे को राती ११ः५९ मा बन्द हुने कम्पनीले जनाएको छ । स्वास्थ्यकर्मीहरुले  कतार एयरवेजको qatarairways.com/ThankYouHeroes मार्फत यो अफरमा सहभागी हुन सक्नेछन् । फस्ट कम फस्ट सर्भिसका आधारमा कम्पनीले उनीहरुको छनौट गर्नेछ । विश्वका कुनै पनि मुलुकका स्वास्थ्यकर्मीहरु यो अफरमा सहभागी हुन सक्ने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)