शनिबार, भदौ २७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

कोभिड विरुघ्द लड्न भारतीय सांस्कृतिक सम्बन्ध परिषद् व्दारा युनाइटेड वी फाईट” नामक गीत सार्वजनिक


  • माउन्टेन खबर
  • बुधबार, बैशाख ३१, २०७७
  • 834
    SHARES

भारतीय सांस्कृतिक सम्बन्ध परिषद् (आईसिसिआर) ले भारतभरका रचनाकार, सङ् गीतकार, गीतकार एवम् गायक सबैलाई एकै ठाउँमा ल्याई, सबैले आ–आफ् नो घरबाट रेकर्डिङ् ग गरी “युनाइटेड वी फाईट” नामक गीत तयार गरेको छ ।

अल्भारेसद्वारा रचना तथा कम्पोज गरिएको, टुबी, पण्डित रवि चरी, पण्डित राकेश चौरसिया र उस्ताद फैजल कुरेसीद्वारा सङ्गीतबद्घ तथा उषा उथुप, सलीम मर्चेन्ट, शेफाली अल्भारेस, रासिद, बेनीदयाल, सोनम कालरा, चन्दनबाला कल्याण, जो अल्भारेस, सलोमे र समीराद्वारा स्वरबद्घ सो गीत भारतीय शास्त्रीय सङ्गीतमा अङ्ग्रेजी शब्द भरेर तयार पारिएको हो ।

यस गीतले वसुधैव कुटुम्बकम् अर्थात “विश्व एक परिवार हो” भन्ने भावनालाई जागृत गराउने प्रयास गरेको छ । कोभिड–१९ विरुद्घको हाम्रो सामूहिक लडाइँमा यस गीतले आशा, खुशी, सहनशीलता, रोगविरुद्घ लड् ने भावना जस्ता सन्देश बोकेको छ । यो गीत

 

https://drive.google.com/file/d/1Ze4cwl2lhewAHKTHD5AC78hZH1Gdkxjw/viewमा उपलब्ध छ।

यो रचना कोभिड १९ विरुद्ध ज्यानको पर्वाह नगरी अरुको जीवन बचाउन प्रयासरत सबै साहसी व्यक्तिहरुप्रति प्रशंसा तथा गहिरो सम्मानसहित समर्पित छ । कोरोना संक्रमणको कठिन परिस्थितिका बावजुद मुलुकको सांस्कृतिक विरासत धान्ने, सांस्कृतिक सम्पदा जोगाउने र जीवन्त पार्न अथक प्रयास गर्ने तमाम स्रष्टा तथा कलाकारहरुमा समेत समर्पित छ । साथै, यस सिर्जनाले संक्रमणको
महामारीजस्तो कठिन घडीबीच वरिपरिका परिचित, अपरिचत व्यक्ति तथा समाजको सहयोगमा तल्लिन रहने हरेक व्यक्तिप्रति सम्मान व्यक्त गरेको छ ।

विश्वका सबै साथै हिड्यौ भने मात्रै कोरोनाभाइरस विरुद्धको लडाई जित्न सकिन्छ, मानवता र मानव जातिमाथि आइपर्ने चुनौतीको मिलेर सामना गर्नुपर्छ भन्ने सन्देश पनि यस रचनाले दिन्छ ।

भारतीय सांस्कृतिक सम्बन्ध परिषद्ले  यस प्रस्तुतिले कोभिड १९ विरुद्धको संयुक्त लडाइँमा होमिन थपउर्जा प्रदान गर्ने आशा  व्यक्त गरेको  छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)