शनिबार, भदौ २७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

दिल्लीमा १० दिनमा १०० कराेड भारूकाे मदिरा बिक्री


  • माउन्टेन खबर
  • शनिबार, जेष्ठ ३, २०७७
  • 732
    SHARES
  • दिल्ली सरकारलाइ मदिरा बिक्रीबाट ६५ कराेड भारू काेराेना शुल्कबापत प्राप्त भएकाे छ

नयाँदिल्लीः लकडाउनकै बीच दिल्ली राज्य सरकारले विवादास्पद रूपमा मदिरा बिक्री खुला गरेर १० दिनकाे बीचमा १०० कराेड भारतीय रूपैयाँ बराबरकाे मदिरा बिक्री गरेकाे छ ।

नवभारत टाइम्सका अनुसार लकडाउनका कारण दिल्लीमा २५ मार्चदेखि नै मदिरा बिक्री प्रतिबन्धित थियाे । अचम्म त के भने, दिल्ली सरकारका लागि राजश्वकाे एउटा प्रमुख स्राेत मदिराकाे बिक्री पनि हाे । मदिरा बिक्री बन्द भएपछि दिल्ली सरकारकाे राजश्वमा भारी असर परेकाे थियाे । केन्द्र सरकारले अनुमति दिएलगत्तै ४ मे बाट दिल्लीका मदिरा पसल खुलेका थिए ।

दिल्लीमा मदिराका पसल खुल्नासाथ मदिरा किन्न मानिसकाे ठूलाे भीड नै लागेकाे थियाे । झण्डै १ किलाेमिटरकाे लाइन देखिएकाे र ठाउँठाउँमा प्रहरीले लाठी चार्ज नै गर्नु परेकाे थियाे ।

मानिसकाे ठूलाे भीड देख्नासाथ मुख्यमन्त्री अरबिन्द केजरीवालले मदिराकाे बिक्री मूल्यमा ७० प्रतिशत विशेष कर लगाउने निर्णय गरे । तै पनि मानिसकाे भीड थामिएन । त्यसपछि टाेकन प्रणाली लागू गरियाे । पछिल्लाे विवरण अनुसार दिल्ली सरकारले १०१ कराेड भारतीय रूपैयाँ बराबरकाे मदिरा बिक्री गरेकाे छ । दिल्ली सरकारलाइ मदिरा बिक्रीबाट ६५ कराेड भारू काेराेना शुल्कबापत प्राप्त भएकाे छ ।  (एजेन्सी)

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)