शनिबार, बैशाख ८, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

प्रतिनिधिसभा, राजेन्द्र महतो


  • माउन्टेन खबर
  • आइतवार, जेष्ठ ४, २०७७
  • 496
    SHARES

 

राष्ट्रिय जनता पार्टीका सांसद राजेन्द्र महतोले जनताको समस्या सम्बोधन गर्न छोडेर कुर्सी जोगाउने तर्फ सरकारको ध्यान केन्द्रीत भएको आरोप लगाउनुभएको छ ।

प्रतिनिधिसभाको आईतबारको बैठकमा आर्थिक बर्ष २०७७÷७८ का लागि सरकारको बार्षिक नीति तथा कार्यक्रममाथि धारणा राख्दै सांसद महतोले राजनीतिक स्थायीत्वको कुरा गर्ने सरकारले अस्थिरता निम्त्याएर कुर्सी जोगाईराख्न रातारात अध्यादेश ल्याएको दाबी गर्नुभएको हो । उहाँले सिंगो देश नै महामारीबाट आक्रान्त भएको बेला जनताको जीवनरक्षा र आर्थिक मन्दिबाट अर्थतन्त्र जोगाउने तर्फ केन्द्रीत हुनुपर्नेमा सरकार झिना मसिना कुरामा अल्झिएको टिप्पणी गर्नुभयो । सरकारको ध्यान जनताको संकट समाधान गर्न भन्दा कुर्सी जोगाउने तर्फ केन्द्रीत भएको,स्वदेशी बस्तु उपभोग गर्ने भनेपनि उत्पादन वृद्धि तर्फ ठोस कार्यक्रम नआएको आरोप उहाँले लगाउनुभयो । उहाँले सरकार मुलुकको समस्या सम्बोधन प्रति संवेदनशील नभएको टिप्पणी गर्नुभयो ।

उहाँले भन्नुभयो “सुखी नेपाली सम्मृद्ध नेपाल खै दृष्टिकोण ? खै गन्तव्य? खै लक्ष्य ? खै कार्यक्रम ? नारा दिएर खाली हुन्छ ? ”

उहाँले सरकारले लकडाउनबाट प्रभावित भएको उद्योगधन्दा, सर्वसाधरण लगायतको जीवनरक्षाका लागि प्रभावकारी काम गर्न नसकेको भन्दै आक्रोश पोख्नुभयो ।

उहाँले भन्नुभयो “निरोगी नेपाली बनाउने हो कि ? रोगी नेपाली बनउने हो ? लकडाउन बाहेक सरकारले के गर्यो ? जनताको जीवनरक्षाका लागि के के गर्यो ? कहाँ कहाँ राहत बाड्यो ? उद्योगधन्दा बचाउने के काम गर्यो ? अर्थतन्त्र संकटमा जाने अवस्था छ त्यसबाट जोगिने काम के गर्यो ? संकटमा परेका उद्योगपति व्यापारीका लागि के गर्यो ? विदेशमा रहेका नेपालीहरु देश फर्किन खोजेका छन् के गर्यो ? बकमफुस नारा दिएर जनताको रक्षा हुने हो र ?”

उहाँले संकटको बेलामा औषधी खरिदमा पनि भ्रष्टाचार गरेको सरकार भ्रष्टाचारका काण्डै काण्डमा फसेको भन्दै सुशासन, न्याय र अपराधमुक्तको समाजको नारा केबल “सुगाँ रटाई” मा सिमित भएको दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो “सुगाँ रटाई त जहिले पनि सुनेकै हो नि त । शिकारी आएगा, जाल विछ््याएगा, दाना डालेगा,लोभसे फस्ना नहीँ । सुगाँ रटाई गर्दै भ्रष्टाचार गर्दे । यही हो सुशासन ? निर्मला पन्तको हत्यारा पत्ता लगाउन पटक पटक देशबासीले उठाए । खै त ? न्याय पाउने रे ? खै रेशम चौधरीले न्याय पाएको ? अपराध मुक्त रे अनि सांसदको अपहरण हुने अनि यसरी हुन्छ ?”

नेपाली भूमिमा भारतले बाटो निर्माण गरेको गरेको जानकारी भएर पनि सरकारले समयमा नै सिमा रक्षाका लागि उपयुक्त कदम चाल्न नसकेको आरोप लगाउनुभयो ।

उहाँले भन्नुभयो “कसले सिमा रक्षा गरिदिने हो ? सरकारले गर्ने हो कि ? कसले गर्ने हो ? ७० बर्ष देखि उठेको कुरा । सरकार के हेरेर बसेको थियो ? यो राष्ट्रघाती हो कि होइन ? मधेसी दलले बोलेन , राजेन्द्र महतोले बोलेन रे । सिमाको रक्षा दौरा सुरुवाल टोपी लगाउने केपी ओलीले गर्ने कि राजेन्द्र महतो धोती लगाउने ले गर्ने ? जनताको जीवन र देशको सिमा रक्षा गर्न नसक्ने सरकारलाई के भन्ने ? असफल भन्ने , नालायक भन्ने , राष्ट्रघाती भन्ने कि अपराधी भन्ने ? ”

उहाँले गणितिय आधारमा संविधान जारी गरेर जनताको प्रतिनिधिबाट बनाएको भनी सरकारले गलत प्रचारवाजी गरेको टिप्पणी गर्नुभयो ।

इतिहासमै नभएको लामो नीति तथा कार्यक्रम भएको भन्दै सांसद महतोले प्रश्न गर्नुभयो “ यो रामायण महाभारत पढ्ने बेला हो ?

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }