काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको उपस्थितिमा देशमा विकसित पछिल्लो घटनाक्रम तथा समसामयिक विषयमा छलफल गर्न मधेसवादी दलका नेताहरूसँग सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक सुरु भएको छ।
बैठकमा मधेस प्रदेशको पछिल्लो अवस्था, शान्ति–सुरक्षा तथा समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
बैठकमा जनमत पार्टीका अध्यक्ष सी.के. राउत, जनता समाजवादी पार्टीका संरक्षक महन्थ ठाकुर, राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतो, आम जनता पार्टीका अध्यक्ष प्रभु शाह, एमाले नेता लालबाबु राउत, रामकुमार शर्मा, समिम मियाँ अन्सारी, राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अमरेश कुमार सिंह, जनता समाजवादी पार्टीका नेता शरतसिंह भण्डारी तथा जयकान्त राउतलगायत नेताहरूको सहभागिता रहेको छ।
