बुधबार, बैशाख १२, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

भारतमा अरू १४ दिन लकडाउन लम्बियो


  • माउन्टेन खबर
  • आइतवार, जेष्ठ ४, २०७७
  • 424
    SHARES

नयाँदिल्ली — महामारीका रुपमा फैलिएको कोरोना भाइरसको नियन्त्रण र रोकथामका लागि भन्दै भारत सरकारले जारी राखेको लकडाउनको अवधि ३१ मे सम्म थपेको छ । गृह मन्त्रालयले २४ मार्चदेखि लागू गरेको पछिल्लो लकडाउनलाई थप १४ दिन बढाउने निर्णय गरेको हो ।

गत ४ मे देखि गरिएको तेस्रो चरणको लकडाउनको अवधि आजै आइतबार पूरा भएको छ । विगत केही दिनयता भारतभरि नै कोरोना भाइरसको संक्रमितको संख्यामा वृद्धि देखिएपछि चौथो चरणको लकडाउन गर्ने निर्णय गरिएको हो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विभिन्न राज्यका मुख्यमन्त्रीसँग लकडाउन थप्ने वा नथप्ने विषयमा भिडियो कन्फरेन्समार्फत् सुझाव लिनु भएको थियो । धेरैजसो मुख्यमन्त्रीहरुले संक्रमणको जोखिम कम नभएको हुँदा आर्थिक गतिविधिलाई क्रमशः खुकुलो बनाउँदै लकडाउनलाई निरन्तता दिनुपर्ने सुझाव दिएका थिए ।

सोमबारदेखि सुरु हुने चौथो चरणको लकडाउनको स्वरुप भने तय हुनै बाँकी छ । भारतीय संचार माध्यमहरुले कोरोनाबाट सर्वाधिक प्रभावित राज्य र जिल्लालाई पूर्ण रुपमा लकडाउनमा राख्ने र बाँकी क्षेत्रमा उद्योग, व्यवसाय, यातायात खोल्न दिने बताएका छन् । यस सहजीकरणका साथै भारतभर आन्तरिक उडानहरु निश्चित शर्तसहित खुला गर्ने बारेमा पनि केन्द्र सरकारले निर्णय लिने बताइएको छ ।

भारतमा एकै दिन झण्डै पाँच हजार कोरोना संक्रमित देखिएपछि भारत सरकार दबाबमा परेको हो । भारतमा हाल ९० हजारभन्दा बढी संक्रमित पुगिसकेका छन् भने झण्डै २९ सयको मृत्यु भइसकेको छ । (एजेन्सी)

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }