शनिबार, भदौ २७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

कोरोनाले विश्वभरमा मृत्यु हुनेको संख्या ३ लाख २४ हजार नाघ्यो


  • माउन्टेन खबर
  • बुधबार, जेष्ठ ७, २०७७
  • 684
    SHARES

विश्वभरमा कोरोना भाइरसका ज्यान गुमाउनेको संख्या ३ लाख २४ हजार नाघेको छ । बुधबार बिहानसम्म कोरोना संक्रमणका कारण विश्वभरमा मृत्यु हुनेको संख्या ३ लाख २४ हजार ८८९ पुगेको छ । मृत्यु हुनेमा सबैभन्दा धेरै अमेरिकामा ९३ हजार ५३३ जना छ ।

बेलातयतमा ३५ हजार ३४४, इटलीमा ३२ हजार १६९, फ्रान्समा २८ हजार २२, स्पेनमा २७ हजार ७७८ कोरोना संक्रमितको मृत्यु भइसकेको छ । हालसम्म ४९ लाख ८२ हजार ३१५ जनामा कोरोना संक्रमण देखिसकेको छ । यसमध्ये १९ लाख ५८ हजार ३२५ जना निको भइसकेका छन् । २६ लाख ९९ हजार ४८२ संक्रमितको उपचार भइरहेको छ ।

यसमध्ये २६ लाख ५४ हजार ४२ को स्वास्थ्य अवस्था मध्यम रहेको छ भने ४५ हजार ४४० को अवस्था गम्भीर रहेको छ । नेपालमा हालसम्म ४०२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यसमध्ये दुई जनाको मृत्यु भइसकेको छ । ४७५ जना आइसोलेशनमा छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)