
चीनको सत्तारुढ चीनियाँ कम्यूनिष्ट पार्टीको केन्द्रीय किमिटी बैठक राष्ट्रिय जन कांग्रेस भेला शुरु भएको छ ।
कोरोना भाइरस कोभिड-१९ का कारण दुई महिना स्थगित भएको चीनियाँ राजनितिमा निकै महत्वपूर्ण र ठूलो वार्षिक भेला हिजोबाट राजधानी बेइजिङमा शुरु भएको हो ।
ग्रेट हल अफ पिपुलमा भइरहेको भेलामा राष्ट्रपति सि जिङ फिङ सहित पार्टीका उच्च पदाधिकारीहरुको उपस्थिति रहने बताइएको छ । दुई हजार भन्दा नेताहरुको सहभागिता रहने भेलाले राज्य संचालनकसंग सम्वन्धित महत्वपूर्ण नीतिहरु पारित गर्ने बताइएको छ ।
खास गरी यसपटक चीनमा कोरोनाभाइरसको महामारी नियन्त्रणमा प्राप्त भएको सफलताको समिक्षा गर्दे महामारी पछि सामाजिक आर्थिक विकासको बाटो कसरी अघी बढ्ने भन्ने विषयमा छलफल र निर्णय हुने पनि बताइएको छ ।
भेलामा राष्ट्रिय सुरक्षा सम्वन्धी नयाँ ऐन माथि छलफल भइरहेको छ । खासगरी प्रजातन्त्रको माग गर्दै हङकङमा भएको महिनौं लामो प्रदर्शनलाई यो ऐनले सम्बोधन गर्ने विविसीले उल्लेख गरेको छ ।
चीनिया कम्यूनिष्ट पार्टीको केन्द्रीय कमिटी बैठक हरेक बर्ष मार्च महिनामा हुने गरेको भएपनि यस बर्ष कोरोनाभाइरसको महामारीका कारण दुई महिना पछाडी धकेलिएको थियो ।।