शुक्रबार, बैशाख ७, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

पाकिस्तानमा पनि बढे कोरोना भाइरस संक्रमित


  • माउन्टेन खबर
  • शुक्रबार, जेष्ठ ९, २०७७
  • 621
    SHARES

इस्लामावाद । पाकिस्तानमा कोरोनाभाइरस संक्रमितको संख्या बढ्दै गएको छ । प्राप्त समाचारअनुसार पाकिस्तानमा संक्रमितको संख्या ५० हजार ६९४ पुगेको शुक्रबार पाकिस्तानी अधिकारीले बताएका छन् । विगत २४ घण्टामा पाकिस्तानमा २ हजार ६०३  संक्रमित थपिएका बताइएको छ ।

पाकिस्तानमा संक्रमितमध्येका  १ हजार ६७ व्यक्तिको अहिलेसम्म मृत्यु भएको पनि अधिकारीहरले जानकारी दिएका छन् । वल्र्डओमिटरले जनाएअनुसार पाकिस्तानमा बिहीबार मात्र ५० जना संक्रमितको ज्यान गएको छ ।

पाकिस्तानी समाचार संस्था जिओ न्यूजले सबैभन्दा बढी प्रभावित पाकिस्तानको सिन्ध राज्यमा रहेको बताएको छ । त्यसपछि कोरोना भाइरस संक्रमित राज्यमा पञ्जाव, खैबर पाख्तुनख्वा,बालोचिस्तान, गिलगित बाल्टिस्तान, इस्लामावाद र पाकिस्तान प्रशासित काश्मिरमा रहेका छन् ।

संक्रमितहरुमध्ये १५ हजार २०१ जना व्यक्ति उपचारपछि निको भएर घर फर्किएका पनि प्राप्त समाचारमा जनाइएको छ । अधिकारीहरुले यहाँका विभिन्न अस्पतालमा ३४ हजार ३२६ जना संक्रमितले उपचार गराइरहेको जनाएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }