शनिबार, भदौ २७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

पाकिस्तानमा यात्रुवाहक विमान दुर्घटना


  • माउन्टेन खबर
  • शुक्रबार, जेष्ठ ९, २०७७
  • 574
    SHARES

कराँचीः पाकिस्तान इन्टरनेसनल एयरलाइन्स (पिआइए) काे एउटा यात्रुवाहक बिमान कराँची विमानस्थल नजिक शुक्रबार दुर्घटनाग्रस्त भएकाे छ । एपीका अनुसार विमानमा चालक दलका सदस्य सहित १०७ जना रहेका थिए ।

पिआइएका प्रवक्ता अब्दुल सत्तारले एयरबस कम्पनीकाे ए३२० विमान दुर्घटनाग्रस्त भएकाे पुष्टि गरे । याे विमान लाहाेरबाट कराँचीका लागि उडेकाे थियाे ।

प्रत्यक्षदर्शीका अनुसार विमान अवतरण गर्नुअघि तीनपल्ट धावनमार्गकाे वरिपरि उडेकाे र एक्कासी विमानस्थल बाहिरकाे घनावस्तीमा खसेकाे थियाे । उद्धार कार्य जारी रहेकाे स्थानीय अधिकारीहरूले बताएका छन् । (एजेन्सी)

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)