शनिबार, भदौ २७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

चीनले पनि बनायो कोरोना विरुद्धको खोप


  • माउन्टेन खबर
  • शनिबार, जेष्ठ १०, २०७७
  • 688
    SHARES

बेइजिङः अमेरिकी औषधि निर्माता कम्पनी मोडर्नाले कोरोनाभाइरस विरुद्धको पहिलो चरणको खोपमा निकै सकारात्मक नतिजा प्राप्त गरेको केही दिन नबित्दै चीनका अनुसन्धाताहरुले पनि खोप तयार पारेको र यो सुरक्षित रहेको दाबी गरेका छन् ।

न्यूयोर्क टाइम्समा छापिएको एक समाचार अनुसार ल्यान्सेटमा छापिएको एक रिपोर्टमा एक डोज खोप लगाएका व्यक्तिको दुई साताभित्रै प्रतिरोधी कोशिका निर्माण भएको उल्लेख छ । यो खोप १८ देखि ६० वर्षका १०८ जनामा प्रयोग गरिएको थियो ।

अमेरिकाको बोस्टनस्थित बेथ इजरायल डिकोनेस मेडिकल सेन्टरका खोप निर्देशक डा डानियल बारोचले चीनको अध्ययन निकै महत्वपूर्ण देखिए पनि त्यो प्रारम्भिक विवरण मात्र रहेको बताउनुभयो ।

डा बारोचको टोलीले पनि बाँदरमा एउटा खोपको परीक्षण गरेको र त्यसले पनि सकारात्मक नतिजा देखाएको उल्लेख छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)