शुक्रबार, बैशाख ७, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

कोरोना भाइरसको उत्पत्ति सम्वन्धमा अन्तर्राष्ट्रिय अध्ययनका लागि चीनले अनुमति दिने


  • माउन्टेन खबर
  • सोमवार, जेष्ठ १२, २०७७
  • 406
    SHARES

चीनले कोरोना भाइरसको उत्पत्ति सम्वन्धमा अन्तर्राष्ट्रिय अध्ययनका लागि अनुमति दिएको छ ।

भाइरसको बारेमा अनुसन्धान गर्न चाहनेका लागि विश्व स्वास्थ्य संगठनको नेतृत्वमा रहेर अध्ययन गर्नेशर्तमा अनुमति दिने निर्णय भएको चीनियाँ विदेश मन्त्री वाङ यीले बताउनुभएको छ ।

चीनियाँ राष्ट्रिय कांग्रेसको जारी सम्मेलनकै बीच गरिएको पत्रकार सम्मेलनमा विदेशमन्त्री यीले भाइरसका कारण पुगेको क्षतिको क्षतिपूर्ती माग दावी गर्दै हुने मुद्दा दर्तालाई भने स्विकार गर्न नसकिने बताउनुभएको छ । उहाँले भाइरसको उत्पत्ति नितान्त वैज्ञानिक भएको र त्यसमा कुनै किसिमको राजनीतिक प्रभाव नरहेको भन्ने चिनियाँ भनाइ पुनः दोहोर्याउनुभएको छ ।

 यसअघी अमेरिकाले कोरोनाभाइरस चीनले प्रयोगशालामा बनाएको र भूलबस बाहिर निस्किएको भन्दैत्यसलाई चीनले ढाकछोप गरेको आरोप लगाएको थियो । चीनले भने त्यसको खण्डन गरेको छ । यहि विषयलाई लिएर दुई देशका बीच आरोप प्रत्यारोप चलिरहेको छ ।

पत्रकार सम्मेलनमामन्त्री यीले भाइरसलाई लिएर अमेरिकाले चीन विरुद्ध षडयन्त्र र झुठको प्रचार गरेको आरोप पनि लगाउनुभयो । चीनलाई आरोप लगाउनुको सट्टा आफ्नो नागरिकहरुको ज्यान जोगाउने उपायमा जुट्न पनि उहाँले अमेरिकालाई सुझाव दिनुभयो ।

विदेश मन्त्री यीले कुनै शक्तिले चीन र अमेरिकाको सम्वन्धमा बाधा उत्पन्न गराउन तल्लिन रहेको समेत बताउनुभयो । तर त्यो शक्ति को हो भन्नेबारेमा भने उहाँले केहि खुलाउनुभएन ।

गत बर्षको डिस्म्वर अन्तिम साता चीनको हुवेइ प्रान्तको वुहान शहरमा पहिलो पटक भाइरसको संक्रमण देखिएको थियो ।

चीनमै ४ हजार ६३८ जनाको ज्यान लिइसकेको भाइरसबाट विश्वभरी ३ लाख ४४ हजार भन्दा बढी मानिसहरुको मृत्यु भइसकेको छ । ५४ लाख मानिसहरु संक्रमित भएकामा अमेरिकामा सबैभन्दा धेरै  ९७ हजार भन्दा बढीको मृत्यु भइसकेको छ ।।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }