
अमेरिकाको मिनेसोटा राज्यस्थित मिनियापोलिस शहरमा निशस्त्र एकजना अश्वेत व्यक्तिको प्रहरी हिरासतमा मृत्यु भएपछि भड्किएको विरोध प्रदर्शनहरू हिंसात्मक बन्दै भएको छ ।
विरोधकै आडमा मिनेसोटा, फिलाडेलफिया लगायतका राज्यहरुमा पछिल्लो धेरै आगजनी र लुटपाटका घटना पनि भएका छन् । अन्य राज्यहरुमा पनि विरोध हुन थालेपछि धेरै शहरहरुमा निषेधाज्ञा जारी गरिएको छ ।
राजधानी वासिङटन सहित १५ वटा राज्यहरुमा दोस्रो विश्वयुद्ध पछि पहिलो पटक ५ हजार राष्ट्रिय सुरक्षाका सैनिकहरु तैनाथ गरिएको छ । आपराधिक अभियोगमा हिरासतमा लिइएका जर्ज फ्लोयड नाम गरेका अश्वेत व्यक्तिलाई प्रहरीले घुँडाले घाँटी थिचेको र त्यसपछि सास फेर्न नसकी उनको मृत्यु हुन पुगेको भिडियो हालै सार्वजनिक भएपछि विरोध शुरु भएको थियो ।
फ्लोयडका परिवारका तर्फबाट नियुक्त भएका वकिलले उनको मृत्यु नियोजित भएको बताएका छन् । घटना प्रत्यक्ष संलग्न अधिकारीलाई तेस्रो डिग्रीको यातना दिएर हत्या गरेको आरोप लगाइएको छ । ती अधिकारी सहित घटना हुँदाका बखत उपस्थित रहेका अन्य तीन जना प्रहरी अधिकारीहरुलाई पनि बर्खास्त गरिएको छ । उनीहरु विरुद्ध मुद्दा दर्ता भइसकेको छ ।
मिनियापोलिसको यो घटना पछि अमेरिकामा प्रहरीले काला जातिका मानिसमाथि अनावश्यक बल प्रयोग गरेको वा हत्या गरेका अन्य घटनाहरू पनिसार्वजनिक भएका छन् । उग्रबन्दै गएको घटना साम्यपार्न राष्ट्रपति डोनाल्ड ट्रम्पले कानून र नियमको पालना गर्न सबैलाई आग्रह गर्नुभएको छ ।।