शुक्रबार, बैशाख १४, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

कुटनीति सम्बन्ध कायम गर्ने विषयमा सरकारले बुद्धिमता पुर्वक काम गर्न नसकेको कांग्रेस नेता गिरीको टिप्पणी


  • माउन्टेन खबर
  • आइतवार, जेष्ठ २५, २०७७
  • 348
    SHARES

 

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद प्रदीप गिरिले कुटनीति सम्बन्ध कायम गर्ने विषयमा सरकारले बुद्धिमता पुर्वक काम गर्न नसकेको टिप्पणी गर्नुभएको छ ।

प्रतिनिधिसभाको आईतबारको बैठकमा बोल्दै उहाँले सरकारले राजदुत नियुक्तिलाई आफ्ना कार्यकर्ता पाल्ने अस्त्र बनाएका कारण कुटनीतिको क्षेत्रमा सरकार कमजोर बन्दै गएको टिप्पणी गर्नुभयो । उहाँले कुटनीतिक सम्बन्ध स्थापित गर्नेमा गम्भीर बन्न पनि सरकारलाई सचेत गराउनुभयो । उहाँले विदेशमा फुजलका राजदुताबास नबनाउन र कुटनीतिबारे प्रधानमन्त्रीलाई सही सल्लाहा दिन आग्रह गर्नुभयो । उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीमा दक्षता भएपनि सल्लाहाकार ठिक नभएको टिप्पणी गर्नुभयो ।

उहाँले भन्नुभयो “विदेश नितीमा आईरहेका समस्या । एमएमसिको विवाद छ । रोड एण्ड बेल्डका बारेमा राय बनाउनुपर्ने छ । हामीले भर्रखरै हिन्दुस्थानमा मेघनाथले हनुमानलाई अथवा रामले रावणलाई प्रयोग गरे जस्तै अस्त्र प्रयोग गरेका छौ । वायोशास्त्र ÷नक्सास्त्र । अब हामीले प्रयोग गरेको नक्सास्त्रलाई विफल हुन नदिन कुटनीति अपरानुपर्ने हुन्छ । के त्यसबारेमा हाम्रो मन्त्रालय सजग छ ? त्यसमा हामीलाई म्याड्रिडको राजदुतावासले कुनै सहयोग गर्न सक्छ ? डेनमार्कको राजदूतावासले सहयोग गर्न सक्छ ? गरे बरु वेईजिङले नै गर्ला ध्यान पुर्याउनुहोस् यदि तपाईलाई अगाडि बढ्नु छ भने । होइन भने हिन्दुस्थानसंग लेनदेन गरेर बदलिदो परिस्थितिमा गणतान्त्रिक ढंगले निर्णय गर्नुहोस् । राजा महेन्द्रले जस्तो सुटुक्क एउटा चिठि पाएर एकातिर कामगर्ने अर्को तिर अग्रभाषण गर्ने काम नगर्नुहोस् । ”

उहाँले दुताबासमा हुने अनावश्यक खर्च कटौति गर्न सुझाव दिनुभयो ।

उहाँले भन्नुभयो “परराष्ट्रमा नियोग चलाउँदा हामीले भूगोल हेर्नुपर्छ । हाम्रो मुलुकलाई आवश्यक पर्ने देश कसैले मन पराएपनि नपराए पनि हिन्दुस्थान हो , चीन हो । त्यसपछि छ भने अमेरिका हो । राजालाई हरेक शहरपिच्छे दरबार चाहिए जस्तै अहिलेका राष्ट्रपति र प्रधानमन्त्रीको स्वागत गर्न राजदूत राख्ने काम छैन । खर्च कटौति गर्नुहोस् ।”

चीन, अष्ट्रेलिया लगायत मुलुकमा बन्दै गरेका नेपाली दुताबासका लागि सरकारले ठूलो बजेट छुट्याएको तर विदेशमा रहेका श्रमिकलाई उद्धार गर्न न्यून बजेट विनियोजन गरिएको भन्दै उहाँले दुताबासका भवन निर्माणको तुलना विदेशीन बाध्य भएका मजदुरसंग तुलना गर्न नसकिने तर्क गर्नुभयो । विदेशमा नेपालका दुईवटा दुतावास मात्रै नभएको भन्दै उहाँले ३० वटा दुताबास मध्येबाट कुन मापदण्डबाट दुईवटा दुताबास र काठमाण्डौमा भवन निर्माण गर्ने निर्णय गरियो ? भनी प्रश्न गर्नुभयो ।

उहाँले भन्नुभयो “सिंगो सरकारको आर्थिक दृष्टिकोण , कुन विचारधारमा हिडेका छौ । के छ हाम्रो दर्शन ? म सोध्न चाहन्छु परराष्ट्रमन्त्रीलाई विदेशका ती नियोगमा हामी कति व्यापार गर्छौ ? कति नोक्सानी भईरहेको छ । तीनलाई हामी किन चलाईरहेका छौ ? मलाई थाहा छ परराष्टनीतिका बारेमा हाम्रो देश चलाउने व्यक्तिलाई अत्यन्तै कम चासो छ र कम जानकारी छ । म आरोप लगाउन चाहन्छु । ”

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }