शुक्रबार, बैशाख १४, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

आजबाट पसल खुल्ने, निजी सवारी जोरविजोर गरी चल्ने, एसइइको परीक्षा नलिई आन्तरिक मूल्यांकन गरिने


  • माउन्टेन खबर
  • बिहिबार, जेष्ठ २९, २०७७
  • 416
    SHARES

काठमााडौँ । सकारले आजबाट पसल व्यवसाय सञ्चालन गर्न दिने भएको छ ।  मन्त्रिपरिषद्को बुधबार राति सम्पन्न बैठकले सबै किसिमका पसलहरु सुरक्षा मापदण्ड अपनाएर सञ्चालन गर्न दिने निर्णय गरेको हो ।

यसैगरी मन्त्रिपरिषदले निजी सवारीसाधन पनि सञ्चालन गर्न दिने भएको छ । निजी सवारी साधनलाई जोरबिजोरका आधारमा सञ्चालन गर्न दिने निर्णय पनि भएको बताइएको छ ।  यो निर्णय आजदेखि नै लागू हुने बताइएको छ। जोर गते जोर नम्बरका निजी सवारी साधन र बिजोर गते बिजोर नम्बरका सवारी सञ्चालन गर्न पाइने छ । तर सार्वजनिक यातायात भने तत्कालका लागि सञ्चालन गर्न पाइने छैन ।

सरकारले साढे दुई महिनाअघि गत चैत ११ गतेदेखि लकडाउन गरेको थियो । यसको चौतर्फी असर परेपछि सरकारमाथि लकडाउन खुकुलो बनाउन दवाव बढ्दै आएको थियो । सोही अनुसार सरकारले लकडाउन खुकुलो बनाउने गरी निर्णय गरेको हो । यसबीचमा व्यवसायी, विज्ञलगायतले कोरोना महामारी तत्कालै हट्ने नदेखिएपछि लकडाउनको मोडालिटी परिवर्तन गर्न माग गर्दै आएका थिए । सबैतिरको चौतर्फी मागको आधारमा सरकारको यो निर्णय आएको हो ।

यसैगरी रोकिएको एसइइको परीक्षा पनि नलिने र कानुन बनाएर विद्यालयले आन्तरिक मूल्यांकनका आधारमा नम्बर दिएर नतिजा प्रकाशन गर्ने निर्णय पनि मन्त्रिपरिषदले गरेको बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }