शनिबार, भदौ २७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

भारतको व्यापारिक नगर मुम्वइमा कोभिड-१९ संक्रमितको संख्या भाइरसको उद्गमस्थल चीनको उहान शहरमा भन्दा धेरै


  • माउन्टेन खबर
  • बिहिबार, जेष्ठ २९, २०७७
  • 391
    SHARES

भारतको व्यापारिक नगर मुम्वइमा कोभिड-१९ संक्रमितको संख्या भाइरसको उद्गमस्थल चीनको उहान शहरमा भन्दा धेरै देखिएको छ । महाराष्ट्र राज्यको राजधानी समेत रहेको मुम्वइमा संक्रमितहरुको बढ्दो संख्याले निकै भयावह स्थिति बन्दै गएको छ ।

भारतभरी २ लाख ७६ हजार ५०० बढी संक्रमित रहेकोमा महाराष्ट्र र मुम्वइमा मात्रै एक लाख हाराहारीमा संक्रमण पुष्टी भइसकेको छ ।

चीनको हुवेइ प्रान्तको उहान सहितका शहरमा ६८ हजार १३५ मा संक्रमण भेटिएको छ भने ४ हजार ५१२ जनाको मृत्यु भएको छ । यसैगरी भारतको राजधानी नयाँ दिल्लीमा पनि संक्रमण बढ्दै गएको छ । यो महिनाको अन्त्य सम्ममा त्यहाँ मात्रै ५० लाख संक्रमित हुनसक्ने आँकलन अधिकारीहरुले गरेका छन् ।

संक्रमण तिब्र संख्यामा फैलदै गएपछि दुबै राज्य सरकारहरुले संक्रमितहरुलाई आ-आफ्नै घरमा स्व-आइशोलेसनमा बस्न सक्नेगरी नीति पारित गरेका छन् ।

केन्द्र सरकारले लकडाउन खुकुलो बनाउदै लगेपछि त्यहाँ संक्रमितको संख्या तिब्रतर रुपमा बढ्दै गएको हो । सरकारले लकडाउनका कारण रोजगारी गुमेपछि धेरै कामदारहरुको अवस्था नाजुक बन्दै गएको भन्दै यसैसाताबाट उद्योग कलकारखाना देखि सपिङ मल, रेष्टुरेन्ट लगायत खोल्न अनुमति दिएको थियो । यसैबीच विश्वभरी कोरोना संक्रमितको संख्या ७३ लाख ५० हजार नाघेको छ । मृतकको संख्या पनि४ लाख १५ हजार माथि छ ।

अमेरिकामा १ लाख १२ हजार बढीको मृत्यु भइसकेको छ भने बेलायतमा ४१ हजार बढीको ज्यान गएको छ ।।

 

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)