शनिबार, भदौ २७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

अमेरिकी राष्ट्रपति ट्रम्पले आगामी सातादेखि राष्ट्रपतिको दोस्रो कार्यकालका लागि औपचारिक रुपमा प्रचारप्रसार शुरु गर्ने


  • माउन्टेन खबर
  • बिहिबार, जेष्ठ २९, २०७७
  • 312
    SHARES

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी सातादेखि राष्ट्रपतिको दोस्रो कार्यकालका लागि औपचारिक रुपमा प्रचारप्रसार शुरु गर्ने बताउनुभएको छ ।

अर्को हप्ता ओक्लोहामा राज्यको टुल्सामा चूनावी सभाको आयोजना गरी प्रचार शुरु गर्ने उहाँले बताउनुभएको छ । ह्वाइट हाउसमा सञ्चारकर्मीहरुसंग उहाँले फ्लोरिडा, टेक्सस र अरिजोना राज्यमा पनि प्रचारका लागि भ्रमण गर्ने जानकारी दिनुभयो ।

राष्ट्रपति ट्रम्पका चुनावी सभाहरु व्यापक र विशाल प्रकृतिका हुने तथा तिनीहरु विपक्षी पार्टी डेमोक्र्याटका उम्मेदवार जो बाइडेनले सोचेभन्दा भिन्न हुने उहाँको सचिवालयले जनाएको छ ।

पछिल्ला चुनावी मतसर्वेक्षणमा राष्ट्रपति ट्रम्पभन्दा विपक्षी डेमोक्र्याट पार्टीका उम्मेदवार जो बाइडेन अगाडि देखिनु भएको छ । कोभिड–१९ महामारी र एक अश्वेतको मृत्यु भएपछि अमेरिकाभर फैलिएको हिंसात्मक झडपका कारण राष्ट्रपतिका चुनावी कार्यक्रमहरु केही महिनादेखि स्थगित छन् ।।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)