जापानको संसदले करिब ३ सय अर्ब अमेरिकी डलरको आपतकालीन बजेट पारित गरेको छ ।
कोरोनाभाइरसको महामारीबाट सिर्जित आर्थिक चुनौतीलाई ध्यान दिँदै विश्वकै तेस्रो ठूलो अर्थतन्त्र भएकोजापानले बजेट पारित गरेको हो ।
कोरोना भाइरसको महामारीका कारण जापानमा उपभोक्ताको खर्चमा कमी आएपछि मुलुकको अर्थतन्त्र नै मन्दीमा जाने खतरा बढेको छ । सन् २०१५ यता पहिलोपटक जापानको अर्थतन्त्रमा मन्दी देखिन थालेको सरकारी र अन्य प्रक्षेपणले देखाएका छन् ।
आपतकालिन बजेटमा साना व्यवसायीलाई अनुदानको व्यवस्था गर्नुका साथै स्वास्थ्यकर्मीलाई नगद वितरणसम्मका कार्यक्रमसमेटिएका छन् ।
जापानमा हालसम्म कोरोनाभाइरसको संक्रमणका कारण १७ हजार १ सय ४६ जना संक्रमित भएका छन् । कोरोना संक्रमणका कारण मृत्यु हुने पनि ९ सय २२ जना रहेका छन् ।
जापानी प्रधानमन्त्री सिन्जो आवेले संक्रमण बढेको शुरुको अवस्थामा आपतकालीन स्थितिको घोषणा गरी नियन्त्रणको प्रयासलाई गति दिनुभएको थियो । कोरोना संक्रमण नियन्त्रणमा आएसँगै गत महिनाबाटै सो घोषणा फिर्ता लिइएको छ ।।
