कोभिड-१९ को संक्रमणबाट विश्वभर मृत्यु हुनेहरुको संख्या ४ लाख २३ हजार नाघेको छ । संक्रमितहरुको संख्या पनि ७५ लाख ८३ हजार माथि छ ।
संक्रमित मध्ये३८ लाख ३५ हजार भन्दा धेरै अस्पतालबाट डिस्चार्ज भएको भएपनि अझै ३३ लाख २५ हजार जनाको उपचार भइरहेको छ । यी मध्ये झण्डै ५४ हजारको अवस्था खतरामुक्त नरहेको तथ्याङ्क छ ।
गत महिनाको तुलनामा संक्रमण र मृत्युहुनेको संख्यामा कमी आएपनि अझै दैनिक पाँच हजारको हाराहारीमा मानिसहरुको मृत्यु भइरहेको छ । गएको २४ घण्टामा ब्राजिलमा सबैभन्दा धेरै १ हजार २६१ जनाको मृत्यु भएको छ भने त्यहाँ ३० हजार ४०० बढी नयाँ संक्रमित थपिएका छन् । ब्राजिलमा हालसम्म ४१ हजा जनाको मृत्यु भएको छ ।
अमेरिकामा गएको २४ घण्टामा २३ हजार २०० नयाँ संक्रमित थपिका छन् भने ८९९ जनाको मृत्यु भएको छ । त्यहाँ अहिलेसम्म १ लाख १६ हजार जनाको मृत्यु भइसकेको छ । भारतमा कोरोनाभाइरसका कारण एकैदिनमा ११ हजार बढी संक्रमित भएका छन् ।
पछिल्लो २४ घण्टामा भारतमा ११ हजार १०० जना संक्रमित भएको पुष्टि भएको छ । योसँगै भारतमा कुल संक्रमितको संख्या २ लाख ९८ हजार पुगेको छ भने ८ हजार ५०० भन्दा बढीको मृत्यु भएको छ ।।
