शुक्रबार, बैशाख १४, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

स्थानीय सरकारलाई भूमिका बढाउन डब्लुएचओका नेपाल प्रतिनिधिको सुझाव


  • माउन्टेन खबर
  • शुक्रबार, जेष्ठ ३०, २०७७
  • 435
    SHARES

 

विश्व स्वास्थ्य संगठनका नेपाल प्रतिनिधि डाक्टर जोस भ्याण्डिलेरले स्थानीय सरकारलाई कोरोना संक्रमण नियन्त्रणमा भूमिका र सक्रियता बढाउन सुझाव दिनुभएको छ ।

डाक्टर भ्याण्डिलेरलेस्थानीय सरकारले आफ्नो भूमिका र सक्रियता बढाएमा नेपालमा छिट्ै नै कोरोना संक्रमणको जोखिम घटाउन सकिने समेत बताउनुभयो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय सरकारका पदाधिकारीका लागि गरेको अनलाईन प्रशिक्षण कार्यक्रममा संघ र प्रदेशको तुलनामा स्थानीय सरकारहरुले कोरोना केसको पहिचान र व्यवस्थित क्वारेन्टीन बनाउने विषयमा महत्वपुर्ण भूमिका खेल्न सक्ने, बताउनुभएको हो । आफ्नो क्षेत्रका प्रत्येक व्यक्तिलाई व्यक्तिगत स्वास्थ्य हेरचाह र सचेतना दिने विषयमा पनि उनीहरुको भुमिकाले उल्लेख्य सहयोग पुर्याउने बताउनुभयो ।

उहाँले भन्नुभयो“ नेपालको कोरोना केही बाहेक समुदायमा फैलिएको अवस्था छैन । समुदायमा जान नदिन महत्वपुर्ण भूमिका स्थानीय सरकारका जनप्रतिनिधिको बढी हुन्छ । अहिले तत्कालको लागि नेपाल बाहिरबाट आउने नेपालीहरुलाई क्वारेन्टीनमा राख्ने र स्वास्थ्य परामर्श दिनु नै मुख्य रहेको छ । सानो सानो कामका लागि पनि स्थानीय सरकारले परिवार भित्र पुगेर काम गर्न सक्ने भएकाले उनीहरुको भूमिका ठूलो हुन्छ । त्यसका लागि समुदायसंगको सम्बन्ध गाढा बनाउनुपर्ने हुन्छ । साथै समुदायको स्वास्थ्य सेवा वाहेक अत्यावश्यक सेवामा समेत महत्वपुर्ण भूमिका निर्वाह गर्नुपर्ने हुन्छ ।”

कोरोना संक्रमण नियन्त्रणमा गरिएको अन्तराष्ट्रिय अभ्यासको बारेमा जानकारी गराउदै उहाँले सामाजिक र भौतिक दुरी कायम राख्दै मास्क,स्यानिटाईजर प्रयोग गर्नुको साथै साबुनपानीले हात धुनुपर्ने लगायतका स्वास्थ्य सचेतना फैलाउनुपर्नेमा जोड दिनुभयो । उहाँले नेपालमा समुदायमा गरिने परीक्षण किट (ःबकक त्भकतष्लन प्ष्त०) अभाव देखिएको ,नेपालमा कुल जनसंख्याको १ प्रतिशतमा मात्रै परीक्षण भएको र प्रति हजार शुन्य दशमलब १५ मा मात्रै संक्रमण भएको बताउनुभयो ।

सिन्चुवान विश्वविद्यालयका प्रोफेसर डाक्टर टियान विङवीले चीनले जोखिम न्यूनीकरणका लागि गरेको राम्रा अभ्यास बारे जानकारी गराउँनुभएको थियो । उहाँले संक्रमण न्यूनीकरण तथा रोकथामका लागि जोखिम नक्सांकन गरी उच्च र निम्न जोखिमको वर्गिकरण गरी परीक्षण बढाउनुको साथै समुदायमा संक्रमण फैलन नदिने तर्फ कार्यक्रमहरु केन्द्रीत गर्नुपर्ने सुझाव दिनुभयो ।

कार्यक्रममा स्थानीय सरकारका पदाधिकारीहरुले कोभिड नियन्त्रणका लागि संघ र प्रदेश सरकारबाट आवश्यक स्वास्थ्य सामाग्री तथा बजेट व्यवस्था नगर्दा संक्रमण नियन्त्रणका लागि गर्नुपर्ने तयारीहरु हुन नसकेको गुनासो गरेका थिए ।

कार्यक्रममा संकटमा जनस्वास्थ्यका चुनौति र स्थानीय सरकारका प्राथमिकता बारे प्रकाश पार्नुभएको थियो । कार्यक्रममा स्थानीय सरकारका पदाधिकारी तथा त्यहा कार्यरत कर्मचारीहरुले जुम मार्फत सहभागीता जनाएका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }