शनिबार, भदौ २७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

चीनको राजधानी बेइजिङमा पहिलो कोरोना भाइरसको केस फेला,दोस्रो चरणको संक्रमणको खतरा रहेको भन्दै चीन सरकार व्दारा कडा लकडाउनको घोषणा


  • माउन्टेन खबर
  • आइतवार, जेष्ठ ३२, २०७७
  • 585
    SHARES

चीनको राजधानी बेइजिङमा  पहिलो कोरोना भाइरसको केस फेला परेपछि दोस्रो चरणको संक्रमणको खतरा रहेको भन्दै चीन सरकारले कडा लकडाउनको घोषणा गरेको छ ।

बेइजिङमा देखिएको प्रकोप शहरकै सबैभन्दा ठूलो होलसेल बजारसँग सम्बन्धित रहेको पाइएको छ । सिनफादी नामक सो बजारका कुल ५ सय १७ जनामा कोरोना भाइरसको परीक्षण गरिएकोमा ४५ जनामा संक्रमण पुष्टि भएको अधिकारीहरुले बताएका छन् । संक्रमण देखिएकाहरुमा रोगको लक्षण भने देखिएको छैन ।

संक्रमण फेला परेको बजार क्षेत्रसँग जोडिएका ११ वटा बजार क्षेत्रमा लकडाउन लागू गरिएको छ । बजारमा कार्यरत १० हजार कर्मचारीको कोरोना परीक्षण गरिने भएको छ । यसै गरी सिनफादी बजारसँग हालै सम्पर्कमा आएका हरेक मानिसका साथै सो क्षेत्र वरपरका जिल्लामा बसोबास गर्नेको पनि परीक्षण गरिने अधिकारीहरुले बताएका छन् ।

बेइजिङको दक्षिण पश्चिम फेङटाई जिल्लामा रहेको सिनफादी बजारमा गएका दुई जनाले आफूहरुलाई कोभिङ-१९ संक्रमण भएको जानकारी गराएपछि शनिबार सबैरैबाट सो क्षेत्रमा लकडाउन गरिएको हो ।

आम नागरिकको स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राख्दै संक्रमण भेटिएको बजार र आसपासका क्षेत्रमा लकडाउन गरिएको अधिकारीले जनाएका छन् । संक्रमण भेटिएको जिल्लामा हाल कडा लकडाउनका कारण युद्धको समयमा हुने आपतकालिन जस्तै रहेको बताइएको छ । लकडाउनको समयमा सुविधा पुर्‍याउनका लागि हजारौंको संख्यामा शैन्य प्रहरी तैनाथ गरिएको छ । सो क्षेत्रसँग जोडिएको यातायातका साथै विद्यालयसमेत बन्द गरिएका छन् । संक्रमणकै कारण बेइजिङमा हुने सबै खेल कार्यक्रमहरु रद्द गरिएका छन् । बेइजिङमा दोस्रो चरणको संक्रमणको त्रास रहेको छ ।

चीनले पहिलोपटक वुहानमा कोरोनाको संक्रमण देखिएपछि कडा लकडाउनकै माध्यमबाट कोरोना नियन्त्रणमा लिएर विश्वमा नै उदाहरण प्रस्तुत गरेको थियो । चीनमा हालसम्म कोरोना संक्रमणका कारण ४ हजार ६ सयजना मानिसको ज्यान गएको छ । विश्वमा हालसम्म  ४ लाख २६ हजारभन्दा बढीको कोरोना संक्रमणकै कारण मृत्यु भइसकेको छ ।।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)