शनिबार, भदौ २७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

अमेरिकाको अट्लान्टामा एक अफ्रिकन अमेरिकन युवकलाई प्रहरीले गोली हानी हत्या गरेपछि अमेरिकामा पुनःआन्दोलन चर्कियो


  • माउन्टेन खबर
  • आइतवार, जेष्ठ ३२, २०७७
  • 859
    SHARES

अमेरिकाको अट्लान्टामा रहेको एउटा खाना पुर्‍याउने रेष्टुरेन्टमा आफ्नै कारमा सुतिरहेका एक अफ्रिकन अमेरिकन युवकलाई प्रहरी अधिकारीले गोली हानी हत्या गरेपछि अमेरिकामा पुनःआन्दोलन चर्किएको छ ।

शुक्रबार भएको सो घटनापछि हत्यामा संलग्न अट्लान्टाकी प्रहरी प्रमुखले राजिनामा दिएकी छन् । रंगभेद विरुद्धको आन्दोलन चर्चिरहेका बेला अमेरिकामै  प्रहरी अधिकृतले २७ वर्षीय अस्वेत नागरिक रेसर्ड ब्रुकको हत्या गरेपछि पुनः परिस्थिति बिग्रिएको हो ।

अट्लान्टाका मेयर कैसा लान्स बटम्सले शनिबार नै प्रहरी प्रमुख एरिका सेल्डलाई राजिनामा गर्न लगाएको बताएका छन् । अट्लान्टाका सडकमा ब्रुकका हत्यारालाई कारवाही गर्नुपर्ने माग गर्दै प्रदर्शन भएको छ । यस अघि नै अमेरिकाभर नै प्रहरी हिरासतमा मारिएका जर्ज फ्लोएडको हत्याको विरोधमा प्रदर्शन भएको थियो ।।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)