शुक्रबार, बैशाख १४, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

सरकारविरूद्व बागलुङमा युवाहरूद्वारा शान्तिपूर्ण प्रदर्शन


  • माउन्टेन खबर
  • आइतवार, जेष्ठ ३२, २०७७
  • 900
    SHARES

काठमाडौं । सरकारविरूद्व बागलुङमा युवाहरूद्वारा शान्तिपूर्ण प्रदर्शन गरेका छन् ।  स्वतन्त्र युवा समुहले बागलुङ बजारकाे लोकतान्त्रिक चोकमा सामाजिक दूरी कायम गर्दै सरकारका काम तथा गतिविधि विरुद्ध प्रदर्शन गरेका  छन्। प्रदर्शनमा सहभागी युवाहरुले हातमा प्ले–कार्ड तथा पम्प्लेट सहित शान्तिपूर्ण आन्दोलन गरेका हुन् ।

कोरोना भाइरस(कोभिड—१९) नियन्त्रण सरकार असफल भएको, कोभिड नियन्त्रणमा १० खर्ब खर्च नदेखाएको, भष्ट्रचार र अनियमितता बढेको, पिसीआर परिक्षण बढाउनुपर्ने, भोकले भन्दा रोग जनता मनुपर्ने लगायतका सन्देशमूलक प्ले—कार्ड युवाहरुले बोकेका थिए ।

खासगरी, ‘जनता भोकमरी र कोरोनाले ग्रस्त, प्रधानमन्त्री आफ्नै उखान टुक्कामा मस्त’, बोले थुन्ने, तयारी शुन्य, बाँचुन्जेल हाहाकार लाठीचार्ज, अश्रु ग्यास, पानी, मरेपछि पिसीआर, यत्रो दिन बसाएर घर, कहाँबाट तिर्ने कर, के पाइस नेपाली केरा, गरिव जनतालाइ न पानी न खाना, यस्तो विपत्तिमा कार्पेट र जिमखाना, चिया छानेको दश अर्ब पचाउन कति जानेको, नेपाल सरकार अर्बौको भष्ट्रचार कोरोनाको उपचार लसुन,अदुवा र बेसार, नो पिसीआर लगायत लेखिएका प्ले–कार्ड बोकेका थिए ।

चर्को घाममा पनि घाम नभनी राष्ट्रिय गान र देशभक्ति गीत गाएर स्वतः स्र्फुत रुपमा युवाहरुले शान्तिपूर्ण रुपमा आन्दोलन गरेका हुन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }