बिहिबार, बैशाख २०, २०८१

क्लियर टिभीबाट कक्षा ४ देखि १० सम्मका बिद्यार्थीलाई इ–कक्षा


  • माउन्टेन खबर
  • मङ्लबार, असार २, २०७७
  • 565
    SHARES

काठमाडौं । केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवाप्रदायक कम्पनी सुबिसु केबलनेटले क्लियर टिभी सेवामा इ–कक्षा प्रसारण सुरु गरेको छ । कोरोना महामारीले सबै विद्यालय बन्द भएको अहिलेको अवस्थामा विद्यार्थीको पठनपाठनमा अवरोध नहोस् भनेर इ–कक्षा सुरु गरेको हो ।
इ–कक्षा क्लियर टिभीको २९३ नं. च्यानलमा प्रसारित हुन्छ ।

कक्षा ४ देखि कक्षा १० सम्मका विद्यार्थीलाई डियरवाल्क इन्स्टिच्युट अफ टेक्नोलोजीले तयार पारेको शैक्षिक सामग्री समावेश गरी च्यानलको प्रसारण सुरु गरिएको कम्पनीले जनाएको छ । विज्ञान, सामाजिक शिक्षा, अंग्रेजी, गणित र नेपालीको पाठ्यक्रम समावेश गरिएको छ ।

इ–कक्षा सोमबारदेखि शुक्रबारसम्म बिहान ११ बजेदेखि सुरु हुनेछ । विद्यार्थी वर्गका निम्ति यो कार्यक्रम निकै नै लाभदायक रहने सुबिसु केबलनेटको विश्वास छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }