काठमाडौं। दक्षिण कोरियाली सरकारले नेपाल सरकारलाई ५० हजार थान आर टि–पीसीआर किट प्रदान गरेको छ ।
देशभर कोरोना सङ्क्रमण फैलिरहेकोले परीक्षणको दायरा बढाउन कोरियाली सहयोग नियोग (कोहका) ले ६ करोड २५ लाख बराबरको ती परीक्षण उपकरण सरकारलाई हस्तान्तरण गरेको छ ।
कोइकाका तर्फबाट कोरियली राजदूतावासको कार्यबाहक राजदूत सन चिल कोनले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रमुख स्वास्थ्य विशेषज्ञ तथा स्वास्थ्य समन्वय महाशाखा प्रमुख डा राजन पोखरेललाई हस्तान्तरण गर्नुभयो ।
कोरियाले मंगलवार २५ हजार थान परीक्षण उपकरण उपलब्ध गराएको तथा बाँकी स्वास्थ्य सामग्री आगामी शनिबारबाट प्रदान गरिने कोइकाले जनाएको छ ।
