शनिबार, बैशाख १५, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

एघार विधामा आइसिटी अवार्ड हुने, अनलाइन नोमिनेशन शुरू


  • माउन्टेन खबर
  • सोमवार, असार ८, २०७७
  • 1.9K
    SHARES

सूचना प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्डका रूपमा स्थापित आइसिटी अवार्डको पाँचौँ संस्करणको अनलाइन नोमिनेशन (आवेदन) आजदेखि शुरु भएको छ । ‘लिभिङ विथ आइसिटी’को आयोजना र विभिन्न सरकारी तथा निजी संस्थाको सहकार्यमा आयोजना हुने आइसिटी अवार्ड २०२० को अनलाइन आवेदन आगामी साउन १६ गतेसम्म खुला गरिएको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

यस वर्ष विभिन्न ११ विधामा आइसिटी अवार्ड आयोजना हुनेछ । कोभिड–१९ महामारीका कारण आइसिटी अवार्ड यस वर्ष केही समय ढिला हुन गएको छ । हरेक वर्ष १७ अगस्टमा आयोजना हुने अवार्डको फिनाले कार्यक्रम यस वर्ष केही समय ढिला हुनेछ । अनलाइन आवेदनको मिति सकिएपछि समय र अवस्था हेरेर अवार्डको फिनाले मिति घोषणा गरिने आइसिटी अवार्ड २०२० का संयोजक राजन लम्सालले बताउनुभयो । उहाँका अनुसार ११ विधाका अवार्डमध्ये इन्नोभेसन इन क्राइसिस रेसपोन्स आइसिटी अवार्ड र वुमन आइकन आइसिटी अवार्ड थप गरिएका नयाँ विधा हुन् ।

स्टार्टअप आइसिटी अवार्ड, प्रडक्ट आइसिटी अवार्ड, राइजिङ स्टुडेन्ट आइसिटी अवार्ड विधा इन्नोभेसन, प्रडक्ट र स्टार्टअपसँग सम्बन्धित अवार्ड विधाहरू हुन् । यसैगरी पायोनियर आइसिटी अवार्ड, नेपाली डायस्पोरा आइसिटी अवार्ड, आन्टरप्रेनर आइसिटी र मिडिया पर्सन आइसिटी अवार्ड व्यक्तिलाई प्रदान गरिने अवार्डका विधा रहेका छन् । डिजिटल गभर्नेन्स आइसिटी अवार्ड सरकारी संस्था र डिजिटल एजुकेशन आइसिटी अवार्ड सामुदायिक शैक्षिक संस्थानलाई प्रदान गरिने अवार्ड विधा रहेका छन् ।

सन् २०१६ देखि शुरु भएको आइसिटी अवार्डमा विभिन्न विधामा गरेर अहिलेसम्म ३० बढी व्यक्ति, संस्था, कम्पनी तथा प्रडक्ट सम्मानित भइसकेका संस्थाले विज्ञप्तिमार्फत जनाएको छ । यस वर्ष अवार्डको छनोट प्रक्रियालाई व्यवस्थित र सहज बनाउन १२ जना जुरी सदस्य र १० बढी जुरी सल्लाहकार सदस्य रहेका छन् ।

छनोट प्रक्रिया विभिन्न चरणमा हुनेछ । स्टार्टअप, प्रडक्ट, स्टुडेन्ट प्रोजेक्ट र इन्नोभेसनमा विभिन्न चरणबाट उत्कृष्ट पाँच छान्दै अनलाइन तथा एसएमएस भोटिङ पनि सञ्चालन हुनेछ भने अन्य विधामा जुरी समूहले विभिन्न चरणमा छनोट प्रक्रिया सञ्चालन गर्नेछन् । अवार्डलाई निष्पक्ष, व्यवस्थित र अझ परिष्कृत बनाउने तयारी गरिएको संयोजक लम्सालले बताउनुभयो ।

अवार्ड विजेतालाई विशिष्ट सम्मानसँगै शिल्ड प्रदान गरिनेछ । स्टार्टअप, प्रडक्ट, स्टुडेन्ट र इन्नोभेसनका विधाका विजेतालाई गत वर्ष झैँ बैंकको सरल कर्जा र लगानीसँग जोडिनेछ । अवार्डमा नोमिनेशन तथा आवेदन दिनका लागि आधिकारिक वेबसाइट ictaward.org मा गएर सम्बन्धित विधा (क्याटेगोरी) अनुसार अनलाइन फारम बुझाउनुपर्नेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }