सोमवार, साउन ११, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

विराटनगर महानगरको बजेट ३ अर्ब ३७ करोड


  • माउन्टेन खबर
  • बुधबार, असार १०, २०७७
  • 581
    SHARES

विराटनगर महानगरपलिकाले आगामी आर्थिक वर्षका लागि बजेट सार्वजनिक गरेको छ ।  महानगरपालिकाकी उपप्रमुख इन्दिरा कार्कीले आर्थिक वर्ष २०७७/०७८ का लागि ३ अर्ब ३७ करोड ८१ लाख  रुपैयाँको बजेट प्रस्तुत गरेकीछिन ।

महानगरको बुधबार बसेको छैठौं नगरसभाले आगामी आर्थिक वर्षका लागि चालू आर्थिक वर्षको भन्दा २ अर्ब ५२ करोड ९३ लाख रुपैयाँ कम रकमको बजेट सार्बजनिक गरेको छ ।चालू आर्थिक वर्षका लागि महानगरले ५ अर्ब ९० करोड ७४ लाख ४७ रुपैयाँको बजेट ल्याएको थियो ।

उपप्रमुख कार्कीले आगामी आर्थिक वर्षमा आन्तरिक करबाट ८९ करोड ८२, राजस्व बाँडफाँटबाट ७६ करोड ८२ लाख आम्दानी हुने जानकारी दिइन। वित्तीय समानीकरण अनुदान ३८ करोड ७ लाख, संघीय सरकारबाट ससर्त अनुदान १ अर्ब २ करोड र प्रदेशबाट सशर्त २ करोड ९० लाख अनुदान प्राप्त हुने छ ।

महानगरपालिकाले पुँजीगत खर्चतर्फ १ अर्ब ७१ करोड ७९ लाख  र प्रशासनिकतर्फ ३४ करोड १९ लाख, सामाजिक सुरक्षामा ३६ करोड रुपैयाँ खर्च हुने बताएको छ ।महानगरले आगामी वर्षका लागि करिब ३० करोड भन्दा बढी आन्तरिक स्रोत बढ्ने अनुमान गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)