बिहिबार, साउन १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २७ पुग्यो,शुक्रवार थप ५ सय ९३ जना संक्रमित थपिए


  • माउन्टेन खबर
  • शुक्रबार, असार १२, २०७७
  • 662
    SHARES

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २७ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका बुधबार एक महिलाको मृत्यु भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २७ पुगेको हो । असार ११ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान नजिकै अचेत अवस्थामा भेटिएकी महिलालाई उपचारका लागि अस्पताल भर्ना गरेपनि अस्पतालले मृत्यु भएको घोषणा गरेको थियो । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले ती महिलाको नाम ठेगाना नखुलेको बताउनुभयो । अन्दाजी २५, ३० वर्षिया महिलाको ११ गते नै स्वाव संकलन गरिएको थियो । राप्ती स्वास्थय विज्ञान प्रतिष्ठानमा भएको कोरोना परीक्षणमा नतिजा पोजेटिभ आएको उहाँले बताउनुभयो ।

पीसीआर विधिबाट पछिल्लो २४ घण्टामा ६ हजार ५ सय ३४ गरी आजसम्म २ लाख ६ हजार २ सय ७१ जनाको कोरोना परीक्षण भएको छ । यस्तै आरडिटी विधिबाट आजसम्म २ लाख ९० हजार ३ सय ४९ जनाको परीक्षण भएको छ । अहिले देशभरीका क्वारेन्टिनमा ७१ हजार १२ जना रहेका छन् । देशभरीका विभिन्न अस्पतालमा ९ हजार ३० जना आइसोलेसनमा उपचाररत रहेका छन् । शुक्रबार ४८ गरी अहिलेसम्म डिस्चार्ज हुनेको संख्या २ हजार ६ सय ९८ पुगेको छ ।

शुक्रबार नेपालमा थप १ सय ७ महिला र ४ सय ८६ पुरुष गरी ५ सय ९३ जनामा कोरोना पोजेटिभ देखिएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ११ हजार ७ सय ५५ पुगेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)