शनिबार, भदौ २७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

अमेरिका, चीन र ब्राजिलका नागरिकहरुलाई यूरोप भ्रमणमा प्रतिबन्ध कायमै


  • माउन्टेन खबर
  • मङ्लबार, असार १६, २०७७
  • 911
    SHARES

यूरोपेली देशहरुको साझा संगठन यूरोपेली यूनियन इयूले १४ देशका नागरिकहरुलाई मात्रै यहि जुलाई १ तारिखबाट सदस्य मुलुकहरुमा प्रवेशको अनुमति दिएको छ ।

इयूको सीमा सुरक्षा र नियन्त्रण हेर्ने निकायले आफ्ना सदस्य मुलुकका नागरिकहरुको आवागमनलाई भने पूर्ण रुपमा खुला गरेको छ । भोलीबाट कार्यान्वयनमा आउने इयूको निर्णय अनुसार अल्जेरिया, अष्ट्रेलिया, क्यानडा, जर्जिया, जापान, मोन्टेनेग्रोर कोरक्कोका नागरिकले यूरोप भ्रमण गर्न सक्नेछन् । यसैगरी न्यूजिल्याण्ड, रुवाण्डा, सर्विया, दक्षिण कोरिया, थाइल्याण्ड, ट्युनिसिया र उरुग्वेका नागरिकहरुको यूरोप भ्रमण पनि खुला गरिएको छ ।

इयूको पछिल्लो निर्णयपछि अमेरिका, ब्राजिल र चीनका नागरिकहरुले अब अर्को निर्णय नभएसम्म यूरो सदस्य मुलुकहरुको भ्रमण गर्न भने पाउने छैनन् । तर इयू बैठकले चीनले यूरोपेली मुलुकका नागरिकहरुलाई उसको देशमा यात्रा अनुमति दिएमा भने उनीहरुलाई पनि यूरोपमा प्रवेश दिने निर्णय गरेको छ ।

कोरोनाभाइरसको महामारी पछि अन्तर्राष्ट्रिय उडानहरु स्थगित गरेर लकडाउनमा गएका यूरोपेली देशहरुले आवागमनमा पूर्ण प्रतिवन्ध लगाएका थिए । संक्रमणको स्तर घट्दै गएपछि देशहरुले गतिविधि सामान्य पार्दैछन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)