बिहिबार, साउन १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

हिमालय एयरलाइन्सका एक जना पाइलटमा कोरोनाको संक्रमण पुष्टि


  • माउन्टेन खबर
  • बुधबार, असार १७, २०७७
  • 1.1K
    SHARES

काठमाडौं । विदेशमा अलपत्र परेका नेपालीलाई उद्धार गरिरहेको नेपाली वायुसेवा कम्पनी हिमालय एयरलायन्सका एक जना पाइलटमा कोरोनाको संक्रमण पुष्टिभएको छ।

हिमालय एयरलाइन्सका लाइन ट्रेनिङ क्याप्टेन मेक्सिकन नागरिक भएको एयरलायन्सका प्रशासन उपाध्यक्ष विजय श्रेष्ठ जानकारी दिए। सानो गौचरनस्थित अपार्टमेन्टमा बस्दै आएका संक्रमित पाइलट बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालको निगरानीमा रहेको र स्वास्थ्य अवस्था सामान्य रहेको छ।

मेक्सिकन पाइलटमा कोरोना भेटिएपछि हिमालय एयरलाइन्सले अरु पाइलट र क्याबिन क्रूलाई सर्तकता उपनाउन भनेको छ। हिमालय एयरलायन्समा १८ विदेशीसहित ४३ जना पाइलट र ७० भन्दा बढी एयरहोस्टेस कार्यरत छन्।

बन्दाबन्दी यतामात्रै हिमालय एयरलाइन्सले ४० भन्दा बढी उद्धार उडान गरिसकेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)