शनिबार, भदौ २७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

पुटिन अझै १६ वर्षसम्म राष्ट्रपति रहन पाउने


  • माउन्टेन खबर
  • बिहिबार, असार १८, २०७७
  • 552
    SHARES

रुसका राष्ट्रपति भ्लादिमिर पुटिन अझै १६ वर्षसम्म राष्ट्रपति रहन पाउने गरी जनमत आएको छ। बिहीबार सार्वजनिक नतिजा अनुसार राष्ट्रपति पुटिन सन् २०३६ सम्म उक्त पदमा निरन्तर रहन पाउनेछन् । पुटिनलाई लामो समय शक्तिमा राख्ने गरी बनाइएको नयाँ संवैधानिक व्यवस्थाको पक्षमा ठूलो मत परेको समाचार एचेन्सीले जनाएको छ ।

ताजा नतिजा अनुसार रुसको संविधानमा केही संशोधन भएको छ। मतदानबाट अनुमोदन भएको संविधानमा राष्ट्रपति पुटिनलाई थप दुई कार्यकाल शक्तिमै रहने व्यवस्था गरिएको छ। प्रत्येक कार्यकाल ६ वर्षको हुनेछ। राष्ट्रपति पुटिनको अहिलेको कार्यकाल आगामी सन् २०२४ मा सकिने थियो।

तर, संविधानको नयाँ व्यवस्थाले थप ६ वर्षे दुई कार्यकाल थपेकाले उनको कार्यकाल सन् २०३६ सम्म सुनिश्चित भएको हो। ६७ वर्षीय पुटिनले रुसमा दुई दशकदेखि शासन गर्दै आएका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)