बुधबार, साउन १३, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

नौ दिनपछि खुल्यो मैलुङ–स्याफ्रुबेंसी सडक


  • माउन्टेन खबर
  • बिहिबार, असार १८, २०७७
  • 685
    SHARES

रसुवा। पहिरोका कारण नौ दिनदेखि अवरुद्ध रसुवागढी जोड्ने मैलुङ–स्याफ्रुबेंसी सडकखण्ड सञ्चालनमा आएको छ । सडकको पहिरो पन्छाएपछि बिहीबार दिउँसोबाट यातायातका साधन चल्ल थालेका हुन् ।

दर्जनभन्दा बढी स्थानमा झरेकोे पहिरो हटाउनुका साथै सोले खोला र त्रिशूली नदिमा ह्युम पाइप बिच्छ्याएपछि सडक संचालनमा आएको गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी–रसुवागढी सडक योजनाका प्रमुख नारायणदत्त भण्डारीले बताए । ‘वर्षायाम भएकाले पानी पर्ना साथै साना ठूला पहिरो जाने हुन्छ र जुनसुकै वेला सडक अवरुद्ध हुन सक्छ,’ उनले भने ‘सडक नियमित सञ्चालन गर्नेगरी आवश्यक उपकरण र कामदार तयारी अवस्थामा राखेका छौँ,’ गत मंगलबार अविरल वर्षासँगै आएको बाढी र पहिरोले ह्युममपाइपसहित सडक बगाउँदा मैलुङ स्याफ्रुबेंसी सडक अवरुद्ध भएको थियो । सडक सञ्चालन गर्न आयोजनाले एक–एकवटा जेसिभी र लोडर, दुईवटा एक्जाभेटर, दुईवटा टिपर र कामदारहरू परिचालन गरेको थियो ।

राष्ट्रिय प्राथमिकता प्राप्त मैलुङ–स्याफ्रुबेंसी सडक खण्ड नेपाली सेनाले निर्माण गरेको डबल लेनको सडक हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)