शनिबार, भदौ २७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

ब्राजिलका राष्ट्रपतिमा काेराेना संक्रमण


  • माउन्टेन खबर
  • बुधबार, असार २४, २०७७
  • 364
    SHARES

ब्रासिलियाः ब्राजिलका राष्ट्रपति जेयर बोल्सोनारोमा कोरोनाभाइरस संक्रमण भएकाे पुष्टि भएकाे छ । समाचार अनुसार ज्वरो आउनेलगायतका लक्षण देखिन थालेपछि परीक्षण गर्दा काेराेना संक्रमण पुष्टि भएकाे हाे ।

ब्राजिलमा काेराेनाभाइरसकै कारण ६० हजारभन्दा बढी मानिसकाे मृत्यु भए पनि त्यसलाइ बेवास्ता गर्दै राष्ट्रपति बोल्सोनारोले कोरोना संक्रमणलाई सामान्य फ्लू भएको र यसबाट आफू गम्भीर रूपमा संक्रमित नहुने बताउँदै आएका थिए।

काेराेना महामारीकै बीचमा पनि उनी मास्क समेत नलगाइ सडक प्रदर्शनमा सहभागी हुने गरेका थिए । उनले स्थानीय सरकारहरूलाई लकडाउन खुकुलो पार्न पटकपटक आग्रह समेत गरेका थिए। मुलुककाे अर्थतन्त्र मन्दीतर्फ जान लागेकाे अवस्थामा पनि लकडाउन खाेल्न नमानेकाे भन्दै उहाँले स्थानीय सरकारकाे विराेध गर्नु भएकाे थियाे । एजेन्सी

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)