बिहिबार, साउन १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

सभामुख सापकोटाको आँखाको शल्यक्रिया


  • माउन्टेन खबर
  • बुधबार, असार २४, २०७७
  • 597
    SHARES

काठमाडौ। सम्मानीय सभामुख अग्निप्रसाद सापकोटाको आज मोतियाबिन्दुको शल्यक्रिया भएको छ ।
उहाँको काठमाडौंस्थित तिलगंगा आँखा अस्पतालमा दायाँ आँखाको शल्यक्रिया गरिएको हो । वरिष्ठ चिकित्सक डा सन्दुक रुइतसहितको टोलिले आज बिहान  शल्यक्रिया गरेको हो ।

केही समययता उहाँको आँखामा समस्या देखिएको थियो । चिकित्सकहरुको सल्लाहमा आज शल्यक्रिया गरिएको हो ।
उपचारका क्रममा लागेको सम्पूर्ण खर्च राज्यकोषमा व्ययभार नपर्नेेगरी सभामुख सापकोटा स्वयम्ले व्यहोर्नु भएको छ । शल्यक्रिया पछि सभामुख सापकोटा आराम गरिरहनुुभएको छ ।

सभामुख सापकोटाले शल्यक्रियामा संलग्न वरिष्ठ चिकित्सक डा सन्दुक रुइतसहितको चिकित्सकको टोली र सिंगो तिलगंगा आँखा अस्पताल परिवारप्रति आभार व्यक्त गर्नुभएको छ

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)